नेपाल भ्रमण वर्ष सफल बनाउन तीन देशका तीन महिला लागे सगरमाथा « Khabarhub

नेपाल भ्रमण वर्ष सफल बनाउन तीन देशका तीन महिला लागे सगरमाथा


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सघाउ पुर्‍याउने उद्देश्यका साथ विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेको तीन जना महिलालाई सोमबार बिदाई गरिएको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथामा नेपाल भ्रमण वर्ष २०२० को लोगो फहराउने उद्देश्यका साथ नेपालकी कान्छीमाया तामाङ, भारतकी कल्पना दास र चीनकी लियामू मालाई सोमबार काठमाडौंमा एक कार्यक्रममा बीच विदाई गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले नेपालको झण्डा र नेपाल भ्रमण वर्षको लोगो दिएर तीनै जना आरोहीहरुलाई सगरमाथा आरोहणका लागि विदाई गरे । उनले कार्यक्रममा नेपाल भ्रमण वर्षलाई सफल बनाउन सरकारले सो आरोहणको कार्यक्रमलाई अघि बढाएको पनि स्पष्ट पारे ।

सचिव सापकोटाले तीन वटै देशका नारीहरुको यो सगरमाथा आरोहणले नेपाल भ्रमण वर्ष सफल बनाउन सघाउ पु¥याउने विश्वास व्यक्त गरे
नेपालकी तामाङले यस अघि नै सगरमाथाको सफल आरोहण गरी तामाङ समूदायकै पहिलो सगरमाथा आरोहीको कीर्तिमान कायम गरिसकेकी छिन् ।

भारतकी दासले यसअघि ६ हजार मिटर उचाईका विभिन्न हिमालहरुको सफल आरोहण गरेकी छिन् भने चीनकी लियामूले सगरमाथाको सफल आरोहण गरिसकेकी छिन् ।

यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा आरोहणका लागि जान लागेका तीनै जना महिलाहरुलाई राष्ट्रिय झण्डा दिएर विदाई गरिसक्नु भएको थियो ।

आरोहण दलको गाइडको नेतृत्व १८ पटक सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान राख्न सफल पेम्बादोर्जे शेर्पाले गर्नेछन् ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ५ : ११ बजे

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूतको भेट, नेपाल–अष्ट्रेलिया सहकार्यमा जोड

काठमाडौं –प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले भेट गरेका

राजकुमार राव र श्रद्धा कपुर अभिनीत चर्चित हरर-कमेडी फिल्म ‘स्त्री-३’ २०२८ मा 

काठमाडौं– ‘स्त्री’ र ‘स्त्री २’ बाट दर्शकलाई डर र हाँसोको

आरेनको प्रश्न- भ्रष्टाचारका दोषीलाई समात्ने र छाड्ने काम भइरह्यो, यो कस्तो सुशासन हो ?

काठमाडौं– श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सङ्घीयता, धर्मनिरपेक्षता, लोकतन्त्र