पत्रकार गिरी पक्राउको विषयमा महासंघको आपत्ति « Khabarhub

पत्रकार गिरी पक्राउको विषयमा महासंघको आपत्ति


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– ठगीको समाचार लेखेको भन्दै प्रहरीले पोखराका पत्रकार अर्जुन गिरीलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार गिरीलाई साइबर अपराधमा पक्राउ गरी काठमाडौं पठाएको हो ।

साइबर अपराध मुद्दामा उजुरी परेपछि केन्द्रीय अनुसन्धान व्युरोको आग्रहमा पक्राउ गरी काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पोखरा–६ का व्यवसायी मनोज श्रेष्ठ र जनकराज पराजुलीले विपेन्द्रले ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी गरेका थिए ।

तान्डव न्युज साप्ताहिक तथा अनलाइनमा बतास अर्गनाइजेसनका सञ्चालक विपेन्द्र बतासले ठूलो रकम ठगी गरेको जाहेरी परेपछि गिरीले त्यसैलाई आधार बनाएर समाचार लेखेका थिए । गिरी पोखरामा क्राइम बिटमा कार्यरत पत्रकार हुन् ।

समाचार लेखेकै भरमा अपराध मुद्दा लगाएर पत्रकार पक्राउ परेपछि नेपाल पत्रकार महासंघ कास्कीले सोमबार नै विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ । यता नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पनि विज्ञप्ति जारी गरी गिरीको पक्राउले पत्रकारले स्वतन्त्रतापूर्वक समाचार लेख्न पाउने संवैधानिक अधिकारमाथि हस्तक्षेप भएको बताएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ५ : ४४ बजे

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक