प्रधानमन्त्री ओलीको बोलीले बालमनोविज्ञानमा असर : कांग्रेस « Khabarhub

प्रधानमन्त्री ओलीको बोलीले बालमनोविज्ञानमा असर : कांग्रेस


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीको केही दिन अघि काँग्रेसलाई लक्षित गर्दै ‘नन्दी भृंगी भेला गराएर आन्दोलन गर्न लागेको’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।

उनले प्रधानमन्त्री ओलीले यस्ता अभिव्यक्तिले बाल मनोविज्ञानमा असर पर्ने भन्दै टेलिभिजन च्यानल बन्द गर्ने अवस्था आएको दावी पनि गरे । प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीलाई २०७५ सालको असफलताबाट पाठ सिकेर २०७६ सालमा जिम्मेवार भएर अभिव्यक्ति दिन र काम गर्न पनि सचेत गराए ।

पत्रकार सम्मेलनमा काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले संविधानको भावना विपरित संवैधानिक निकायमा नियुक्त गरेको भन्दै आक्रोश व्यक्त गरे । उनले राष्ट्रिय सहमतिका साथ संवैधानिक निकायमा नियुक्त गर्न संवैधानिक परिषदको कल्पना गरिएपनि सरकारले सो अनुसार काम गर्न नचाहेको आरोप लगाए ।

काँग्रेसले २०७५ सालको सुरुवाती दिन आशा गर्न लायक भएपनि सरकारका गतिविधिले त्यसलाई निराशामा परिणत गरिदिएको दावी पनि गरेको छ । प्रवक्ता शर्माले सरकारले संघीयताको कार्यान्वयन, कर्मचारी समायोजन, शान्ति सुरक्षा कुनै पनि काम अपेक्षा अनुसार गर्न नसकेको निष्कर्ष पार्टीको रहेको बताए ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ८ : २१ बजे

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय

राष्ट्रपति रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिकामा

कराकास- भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी