जब सातौं पटक पनि जिब्रो छेडे बुद्धकृष्णले « Khabarhub

जब सातौं पटक पनि जिब्रो छेडे बुद्धकृष्णले


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तपुरमा मनाइने सिन्धुर जात्राका दिन भक्तपुरकै बोडेमा एक विशेष प्रकारको जात्रा मनाइँछ । जुन जात्रालार्य पछिल्लो सयम भक्तपुरवासीले मात्र होइन अन्यत्र जिल्लाका मानिसहरुले पनि चासोपूर्वक लिने गरेका छन् । त्यो जात्रा हो–जिब्रो छेड्ने ।

जात्राको एउटै समस्या भनेको जिब्रो कस्ले छेड्ने भन्ने हो । स्थानीय बुद्धकृष्णले यो पटक गरेर सातौं पटक जिब्रो छेडेका छन् । स्थानीय बुद्धकृष्णले २०६२ सालदेखि २०६५ सालसम्म ४ पटक र २०७४, २०७५ र यस वर्ष गरी सात पटक जिब्रो छेडाएका हुन् । बुद्ध कृष्णलाई कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले जिब्रो छेडिएको हो ।

चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर जिब्रो छेड्ने चलन छ । जिब्रो छेडेपछि महाद्वीप बोकेर टोल टोल घुम्दै जात्रा पनि सम्पन्न हुन्छ ।

विगत आठ वर्षसम्म बोडेकै जुजुभाइ बाग श्रेष्ठले जिब्रो छेडाएका थिए भने यसवर्ष पारिवारिक समस्याका कारण उनले जिब्रो नछेड्ने भएपछि वाग श्रेष्ठले आठ वर्षअघि आफूले दिएको निरन्तरतालाई यसवर्ष दोहोर्‍याएका हुन् । परम्परादेखि चल्दै आएकोे जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन यसवर्ष आफूले जिब्रो छेडेको उनले बताए ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ९ : २७ बजे

नेपाल विज्ञापन संघद्वारा ‘कृति इग्नाइट’मार्फत १३औँ कृति अवार्ड्सको उद्घाटन

काठमाडौं– नेपाल विज्ञापन संघ (आन) ले आयोजना गरेको रेडबुल १३औँ 

नेकपा केन्द्रीय संयोजन समितिको बैठक जारी

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय संयोजन समितिको बैठक जारी

एआईजी दाहालले संवेदनशील सूचना चुहाएको पुष्टि : गृहमन्त्रीको हातमा पुगेको छानविन प्रतिवेदनमा के छ ?

काठमाडौँ – सशस्त्र प्रहरी बलका निलम्बित प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा

बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ‍४५ लाख बढी सहयोग

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति कुमारी बैंक लिमिटेडका