आजको मौसम : हल्कादेखि मध्यम वर्षा हुने « Khabarhub

आजको मौसम : हल्कादेखि मध्यम वर्षा हुने


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-पश्चिमी वायुको सक्रियताका कारण आज (बुधबार) देशभरको मौसममा आंशिकदेखि सामान्यसम्म बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम बदलीसहितका देशका पूर्वी पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । आज देशभरि नै आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थान, मध्य र पूर्वका धेरै जसो स्थानमा मेघगर्जन र हावाहुरीसहित वर्षाको पनि सम्भावना रहेको मौसमविद बरुण पौडेलले बताए ।

पश्चिमी क्षेत्रमा विकसित भएको पश्चिमी वायु, राजस्थानमा बनेको न्यून चापीय क्षेत्र र स्थानीय वायुको प्रभावले सोमबारसम्म मौसम बदली रही काठमाडौँ उपत्यकासहित देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको पनि मौसमविद पौडेलले जानकारी दिए ।

राति देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै भोलि (बिहीबार) देशभरि नै सामान्यदेखि पूर्ण बदली रही देशको पूर्व र मध्यभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

जेष्ठ ०१ गते (बुधबार):

दिउँसो: देशको पुर्वि र मध्य भु-भाग तथा पश्चिमि पहाडी भु-भागमा आंशिकदेखि सामान्य बदलि रहि बांकी भु-भागमा मौसम सफा हुने देखिन्छ। देशका पुर्वि र मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमि पहाडी भु-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

राति: देशका पहाडका भु-भागमा आंशिकदेखि सामान्य बदलि रही बांकी भु-भागमा मौसम सफा हुने देखिन्छ। देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

जेष्ठ ०२ गते (बिहिबार):

दिउँसो: देशको पुर्वि र मध्य भु-भाग तथा पश्चिमि पहाडी भु-भागमा आंशिक देखि सामान्य बदलि रहि बांकी भु-भागमा आंशिक बदलि रहनेछ । देशका पुर्वि र मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमि पहाडी भु-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

राति: देशको पुर्वि भु-भाग तथा मध्य र पश्चिमि पहाडी भु-भागमा आंशिक देखि सामान्य बदलि रहि बांकी भु-भागमा मौसम सफा हुने देखिन्छ । देशका पुर्वि भु-भागका थोरै स्थानमा मध्य र पश्चिमि पहाडी भु-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ६ : ४५ बजे

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि रूख छपान सुरु

दमौली– तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि रुखमा छपान

राष्ट्रिय एकता सुदृढ गर्न सांस्कृतिक पर्वको महत्वपूर्ण भूमिका : राष्ट्रपति विश्वास

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध जातजाति,

रामनवमीका अवसरमा उपराष्ट्रपति यादवको शुभकामना

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले हिन्दु धर्मावलम्बीहरूको महान् पर्व रामनवमी २०८२

देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको

प्रधानमन्त्री पदको शपथ अगाडि बालेनको ‘जय महाकाली’ : भिडियोमा के छ ?

काठमाडौँ – प्रधानमन्त्री पदको शपथ अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ