मनाङ मस्याङ्दी र भारतीय क्लब मिनर्वाबीचको खेल आज « Khabarhub

मनाङ मस्याङ्दी र भारतीय क्लब मिनर्वाबीचको खेल आज


१ जेष्ठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–मनाङ-मर्स्याङ्दी क्लबले एएफसी कप छनोटमा भारतीय फुटबल क्लब मिनर्भा पञ्जावसँगको होम गेममा आज (बुधबार) खेल्दैछ । मनाङले घरेलु मैदानमा भारतीय आई लिग च्याम्पियन मिनर्भासँग स्पष्ट जित निकाल्ने लक्ष्य रहेको बताएको छ । खेल दिउँसो ३ बजेपछि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।

यसअघि अवे खेलमा एएफसी कपमा मिनर्भासँग बराबरी खेल्दै १ अंक बटुलेको मनाङ घरेलु मैदानमा मिनर्भालाई रोक्दै अंक तालिकामा ४ अंक जोड्ने लक्ष्य बनाएको जानकारी दिएको छ ।

अवे खेलमा मनाङले मिनर्भासँग २–२ गोलबो बराबरी खेलेको थियो । मंगलबार प्रि म्याच कन्फ्रेन्समा बोल्दै मनाङका प्रशिक्षक छिरिङ लोप्साङले मिनर्भाकै मैदानमा ड्र गरेर फर्किएकाले होम ग्राउण्डको फाइदा उठाउँदै जित हात पार्ने बताएका छन् ।

यस्तै, कप्तान विराज महर्जनले पनि अहिलेसम्मका खेलमा खेलाडीकै कारण पराजित हुनु परेको स्वीकार्दै आजको खेलमा जित हात पार्ने बताएका छन् । मनाङविरुद्ध ३ अंक जोड्ने मिनर्भाका प्रशिक्षक सचिन तजानी बढानेले बताए । मनाङलाई घरेल मैदानमा रोक्दौ नेपाल बसाइ सुखद बनाउने लक्ष्यमा रहेको उनले स्पष्ट पारे ।

प्रकाशित मिति : १ जेष्ठ २०७६, बुधबार  ८ : ४५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया