३ महिनादेखि बिग्रेको ट्रमा सेन्टरको सिटी स्क्यान अझै बनेन, अस्पताललाई दैनिक डेढ लाख घाटा « Khabarhub

३ महिनादेखि बिग्रेको ट्रमा सेन्टरको सिटी स्क्यान अझै बनेन, अस्पताललाई दैनिक डेढ लाख घाटा



काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरको सिटी स्क्यान मेसिन बिग्रिएको ३ महिना कटिसक्यो । अझै बनाइएको छैन । अस्पतालले सम्बन्धित कम्पनीको प्राविधिक बोलाएर सिटी स्क्यान मेसिनको परिक्षण गरायो । अस्पतालले ७ लाख रुपैयाँ खर्च गरेर गत माघमा सिटी स्क्यान मर्मत गरेको थियो।

तर मर्मत भएको एकसातामै सिटी स्क्यान मेसिन फेरि बिग्रियो । अस्पतालका रेडियोलोजी विभागका प्रमूख दामोदर रोक्काले ७ लाखमा सिटी स्क्यानको ड्यासबोड मात्रै फेरिएको र केही समयमै विग्रिएको बताए ।

सिटी स्क्यानको ड्यासबोड परिवर्तन गरेपछि सीपीयू पनि फेरि बिग्रियो । सीपीयू परिवर्तन गर्न अस्पतालले ४ लाख ५५ हजार खर्चिनुपर्‍यो ।
अस्पतालले ११ लाख खर्च गरेर सिटी स्क्यान मेसिन बनाएको एकसाता नपुग्दै फेरि सिटी स्क्यानको ट्युव नै बिग्रिएर सेवा बन्द भएको छ ।

‘त्यतिबेला समान्य ड्यासबोड फेरिएको थियो, करोडौ पर्ने सिटी स्क्यान मेसिनको ड्यासबोड फेर्न ७ लाख लाग्नु सामान्य कुरा हो,’ रोक्काले भने, ‘हामीले एकसाताजति चलायौ एकसातापछि बिग्रियो, एकसाता चलाएपछि कम्पनीलाई दोष दिने ठाउँपनि भएन ।’

सिटी स्क्यान मेसिन बिग्रिएर मर्मत गरेको एक महिना नपुग्दै फेरि बिग्रिएपछि ट्रमा सेन्टर अहिले सिटी स्क्यान मेसिनबिहीन बनेको छ ।

२०७२ सालको भूकम्प पछि सञ्चालनमा आएको १६ स्लाइसको सिटी स्क्यान बिग्रिसकेको छ । भारत सरकारको सहयोगमा जडान भएको सिटी स्क्यानले पूर्ण रुपमा काम गर्न छाडेको ३ महिना पुगेको अस्पतालका रेडियोलोजि विभागका प्रमुख रोक्काले बताए ।

अनुदानमा आएको सिटी स्क्यानको सिटी एक्सरे ट्युबले २ लाख सेकेन्ड स्क्यान गर्न सकिने भनेर कम्पनीले वारेन्टी दिएको थियो । तर ट्रमा सेन्टरमा ल्याएपछि उक्त मेसिनले ६ लाख सेकेन्ड स्क्यान भइसकेकाले सिटी स्क्यानको ट्युब विग्रिएको रोक्काले बताए ।

उनले भने, ‘३ महिना अगाडी मेसिन नचलेपछि हामीले कम्पनीलाई खबर गरेका थियौ, कम्पनीले सिटी एक्सरे ट्युब फेर्नुपर्ने बताएको छ ।’

ट्युब फेर्न कम्पनीले ७० लाखभन्दा बढी खर्च हुनसक्ने बताएको छ । ट्रमा सेन्टरले आफ्नो आन्तरिक स्रोतले सिटी स्क्यान बनाउन नसक्ने भएपछि स्वास्थ्य मन्त्रालयमा पहल गरिरहेको छ ।

दैनिक ३० देखि ४० जना बिरामी प्रभावति

महांकालमा रहेको राष्ट्रिय ट्रमा सेन्टर दुर्घटनाबाट चोटपटक लागेका बिरामीको उपचार गर्ने एकमात्रै सरकारी अस्पताल हो । न्याम्सको मातहतमा सञ्चालनमा रहेको ट्रमा सेन्टरमा देशरभरीबाट बिरामीहरु आउँछन् । अस्पतालमा सिटी स्क्यान सेवा बन्द हुँदा दैनिक ३० देखि ४० जना बिरामीहरु सेवा लिनबाट बञ्चित भएका छन् ।

अस्पतालमा सिटी स्क्यान सेवा नहुँदा अस्पतालले सिटी स्क्यान गर्नु पर्ने बिरामीलाई वीर अस्पतालमा पठाउने गरेको छ । ट्रमामा जटिल समस्या भएका बिरामीलाई अर्को अस्पतालमा लगेर सिटी स्क्यान गराउनुपर्दा समस्या हुने गरेको छ । विषेशगरी आइसीयुमा रहेका बिरामीहरु अस्पतालमा सेवा नपाउदा जोखिममा परेका छन् ।

मेसिन बिग्रँदा दैनिक डेढ लाख घाटा

अस्पतालमै बिरामीले सेवा पाउनु बिरामीका लागि मात्रै होइन अस्पताललाई पनि फाइदा हुन्छ । ३ महिनादेखि अस्पतालको सिटी स्क्यान सेवा बन्द हुँदा अस्पतालले आन्तरिक स्रोतको रकम घुमाउनु परेको छ । दिनमा ३० देखि ४० जना सम्म बिरामीको सिटीस्क्यान हुने ट्रमाले एकजनाको सिटी स्क्यानिङको ४ हजार शूल्क लिने गरेको थियो । सिटी स्क्यान बिग्रदा अस्पतालाले दैनिक एक लाखदेखि डेढलाखसम्म आन्तिरिक स्रोत गुमाउन परेको छ ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  १० : १० बजे

जनकपुरको ‘प्लेअफ’ पुग्ने आशा जीवितै छ : अनिल शाह

काठमाडौं– दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा साविक विजेता जनकपुर

कृष्ण सागरमा रूसी ट्याङ्करमाथि फेरि आक्रमण

एजेन्सी– रुसबाट जर्जिया लैजाँदै गरेको सूर्यमुखी तेल बोकिरहेको मिडभोल्गा–२ नामक

मधेशका मुख्यमन्त्रीबारे सर्वोच्चको आदेशप्रति ओलीको आक्रोश, भने : एमालेमाथि अर्को प्रहार

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीले मधेश प्रदेशका मुख्यमन्त्रीलाई २४

रोसिङ्टनले शतक हान्दा कर्णालीलाई पोखराले दियो २ सय २ रनको विशाल लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २

पोखराका आडम रोसिङ्टनले कर्णालीविरुद्ध हाने शतक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा पोखरा एभेन्जर्सका आडम रोसिङ्टनले शतक