‘वीर विक्रम २’ मा बाघबहादुर बनेका बुद्धि भन्छन्- यो चरित्र गर्दा ‘रिस्क’ थियो « Khabarhub

‘वीर विक्रम २’ मा बाघबहादुर बनेका बुद्धि भन्छन्- यो चरित्र गर्दा ‘रिस्क’ थियो


१ जेष्ठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आउँदो शुक्रवार अर्थात् जेठ ३ गतेबाट फिल्म ‘वीर विक्रम २’ प्रदर्शनमा आउँदैछ । चलचित्रमा पल शाह, नाजिर हुसेन र वर्षा शिवाकोटीको शीर्ष भूमिका छ । यस्तै यो फिल्मको निर्देशन मिलन चाम्सले गरेका हुन् । फिल्ममा फरक भूमिकामा कलाकार बुद्धि तामाङको अभिनय देख्न सकिनेछ । यो फिल्ममा उनी नकारात्मक भूमिकामा छन् । उनले ‘वीर विक्रम २’ मा बाघबहादुरको भूमिका निभाएका छन् ।

मंगलबार राजधानीमा अकस्मात् भेटिएका बुद्धिले रिलिजको क्रममा रहेको फिल्म ‘वीर विक्रम २’ को भूमिकाका बारेमा खुलाए । उनले निर्देशक मिलन चाम्सबाट फिल्मको अफर आउँदो आफू बढी उत्साहित भएको पनि बताए । ‘यो फिल्ममा मेरो अरु फिल्मको भन्दा फरक भूमिका थियो, त्यसैले पनि म उत्साहित थिएँ,’ बुद्धिले खबरहबलाई सुनाए ।

उनले यो भूमिकामा अभिनय गर्न आफूलाई लोभ लागे पनि फरक भूमिकामा अभिनय गर्नुपर्दा थोरै डर पनि भएको उनले बताए । कमेडी क्यारेक्टरबाट नकारात्मक भूमिकामा अभिनय गर्दा आफूलाई अभिनय गर्न सक्दिन कि भन्ने लागेको उनले बताए ।

‘काम गर्दा मलाई डर पनि थियो, किनकि जुन क्यारेक्टरको प्रस्ताव आएको थियो, त्यो क्यारेक्टरमा मैले भेउ नपाउने हुँ कि भन्ने लागेको थियो, तर निरन्तर गरिरहेका फिल्मभन्दा फरक भूमिकामा अभिनय गर्दा रमाइलो पनि लागिरहेको थियो,’ उनले सुनाए ।

साथै उनले यो फिल्म पूर्णतः मनोरञ्जनको प्याकेज भएको पनि बताए । चलचित्रमा उनले खलनायकको भूमिका निभाएको र दुई अति मिल्ने साथीको बीचमा भिलेन बनेर आउने चरित्रमा अभिनय गरेको बताए ।

प्रकाशित मिति : १ जेष्ठ २०७६, बुधबार  ११ : २० बजे

खेर गयो एनपीएल इतिहासको पहिलो डीआरएस

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमिर लिग एनपीएलको उद्घाटन खेलमा नेपाली

झापा, सुनसरी र उदयपुरबाट लागूऔषधसहित नौजना पक्राउ

विराटनगर– प्रहरीले झापा, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित

एनपीएल हेर्न टीयू मैदान पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको

लुम्बिनी र सुदूरपश्चिम रोयल्सको प्लेइङ ११ सार्वजनिक : को को परे ?

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र

चीन भ्रमण गरेर स्वदेश फर्किन् विद्या भण्डारी

काठमाडौं– पूर्व राष्ट्रपति तथा नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी