यात्रु दुर्घटना बीमा रकम दोब्बर बनाइँदै « Khabarhub

यात्रु दुर्घटना बीमा रकम दोब्बर बनाइँदै


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले यात्रु बीमाको सीमा बढाएर प्रतिव्यक्ति १० लाख रुपैयाँ पुराउने भएको छ । यातायात क्षेत्रको सिन्डिकेट खारेजीपछि यात्रु बीमा नीति परिमार्जन गरी बीमा रकम बीमांक बढाएर १० लाख पुराउन गृहकार्य भइरहेको राष्ट्रिय बीमा समितिले जनाएको छ ।

जसलाई बीमा समितिले बुधबार आफ्नो वार्षिक कार्यक्रम सार्वजानिक गर्ने भएको छ । वार्षिक कार्यक्रम अर्न्तगत समितिले आगामी आर्थिक वर्षभित्रै ३५ देखि ४० प्रतिशत नेपालीलाई बीमाको दायरामा ल्याउन लक्ष्य लिएको छ ।

हाल दुर्घटना यात्रु बीमा ५ लाख मात्र छ । आगमी आर्थिक वर्षदेखि १० लाख पुराउन गरी नीति निर्माण भइरहेको समितिले जानकारी दिएको छ ।

यातायात व्यवसायीले यात्रु तथा तेस्रो पक्षको बीमा देखाएर पन्छिने गरेको कारण दुर्घटनामा परेका यात्रुलाई कतिपय अवस्थामा उपचार खर्च नपुग्ने गरेको समितिको बुझाई छ ।

यात्रु दुर्घटना बीमा कम रबढाएर १० लाख रुपैयाँ बनाउन आग्रह भौतिक पूर्वाधार तथा यातायता मन्त्रालयले अनुमति दिइसकेको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले जानकारी दिए ।

मन्त्रालयले पनि दुर्घटनाबाट यात्रुको मृत्यु भएमा १० लाख र आजीवन घाइते (हेड इन्जुरी) भए १५ लाख रुपैयाँसम्मको बीमा गर्नुपर्ने व्यवस्था रहेको उनको जानकारी दिए । यात्रु बीमा नीति परिमार्जन गर्दा ‘हेड इन्जुरी’ लाई छुट्टै वर्गीकरण गरी बीमा दररेट तोकिने भएको छ । हालको बीमा नीतिमा ‘हेड इन्जुरी’ को व्यवस्था छैन ।

हाल सवारी दुर्घटनाका कारणले कुनै व्यक्ति घाइते भएमा उपचारका लागि बीमाबापत बढीमा प्रतिव्यक्ति ३ लाख र मृत्यु भएमा प्रतिव्यक्ति ५ लाख रुपैयाँबाहेकको रहक यात्रु पक्षले व्यहोर्दै आएका छन् ।

दुर्घटनामा परेका यात्रु उपचार खर्च नहुँदा केही यात्रु अस्पतालमै अलपत्र पर्ने गरेका छन् । जसका कारण बीमामा फरक नीति आवश्यक रहेको समितिको भनाइ छ । यसअघि यातायात व्यवसायी समितिले सबै सवारी साधनधनीबाट निश्चित रकम लिने गरेको थिए । सोही रकमबाट बीमाका लागि खर्च गरिदै आएको छ ।

चालु आर्थिक वर्षको माघसम्म ५२ लाख ९० हजार ४ जीवन बीमा लेख जारी भएको समितिको तंथ्याकमा छ । देशको कुल जनसंख्या अनुमानित २ करोड ९५ लाख ३ हजार ९ सय २६ मध्ये करिब १८ प्रतिशतमा बीमा पहुँच पुगेको देखिन्छ । यो दर बढाएर आगामी आर्थिक वर्षभित्र ३० देखि ४० प्रतिशत पुराउने समितिको दावी छ । हाल पनि करिब ७५ प्रतिशत नेपाली बीमाको दायरा बाहिर रहेको विमासमितिको तंथ्याकमा उल्लेख छ ।

आगामी आर्थिक वर्षदेखि सरकार सवारी, कृषि र अन्य क्षेत्रमा पनि बीमाको दायरा फरकिलो बनाउने उद्देश्य लिएको छ ।

हाल, देशभर १९ वटा जीवन बीमा कम्पनी छन् । जसमध्ये २० वटा निर्जीवन बीमा र एउटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन् । सञ्चालनमा रहेका बीमा कम्पनी पनि शहरमुखी मात्र भएर काम गरिहरेका छन् । चेतनाको अभाव र बीमाको महत्व नबुझ्दा ग्रामिण भेगमा बीमा कार्यक्रम विस्तार हुन सकेको छैन्।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  १२ : १० बजे

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली

नेपाल-भारतबीच जलवायु परिवर्तनमा समन्वय आवश्यक : प्रा. मोहपात्रा

काठमाडौँ– भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर न्यूनीकरण तथा

मैनालीलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले सहसचिव पद्मकुमार मैनालीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको

आर्कटिकमा अमेरिकी चासो बढाउँदै रुबियो

रेक्जाभि– आर्कटिक क्षेत्रमा अमेरिकी सुरक्षा तथा आर्थिक चासो बढिरहेका बेला

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई ‘तुच्छ’ भन्न मिल्दैन : प्रवक्ता पोखरेल

काठमाडौं- खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई लिएर सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित