यात्रु दुर्घटना बीमा रकम दोब्बर बनाइँदै « Khabarhub

यात्रु दुर्घटना बीमा रकम दोब्बर बनाइँदै


१ जेष्ठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले यात्रु बीमाको सीमा बढाएर प्रतिव्यक्ति १० लाख रुपैयाँ पुराउने भएको छ । यातायात क्षेत्रको सिन्डिकेट खारेजीपछि यात्रु बीमा नीति परिमार्जन गरी बीमा रकम बीमांक बढाएर १० लाख पुराउन गृहकार्य भइरहेको राष्ट्रिय बीमा समितिले जनाएको छ ।

जसलाई बीमा समितिले बुधबार आफ्नो वार्षिक कार्यक्रम सार्वजानिक गर्ने भएको छ । वार्षिक कार्यक्रम अर्न्तगत समितिले आगामी आर्थिक वर्षभित्रै ३५ देखि ४० प्रतिशत नेपालीलाई बीमाको दायरामा ल्याउन लक्ष्य लिएको छ ।

हाल दुर्घटना यात्रु बीमा ५ लाख मात्र छ । आगमी आर्थिक वर्षदेखि १० लाख पुराउन गरी नीति निर्माण भइरहेको समितिले जानकारी दिएको छ ।

यातायात व्यवसायीले यात्रु तथा तेस्रो पक्षको बीमा देखाएर पन्छिने गरेको कारण दुर्घटनामा परेका यात्रुलाई कतिपय अवस्थामा उपचार खर्च नपुग्ने गरेको समितिको बुझाई छ ।

यात्रु दुर्घटना बीमा कम रबढाएर १० लाख रुपैयाँ बनाउन आग्रह भौतिक पूर्वाधार तथा यातायता मन्त्रालयले अनुमति दिइसकेको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले जानकारी दिए ।

मन्त्रालयले पनि दुर्घटनाबाट यात्रुको मृत्यु भएमा १० लाख र आजीवन घाइते (हेड इन्जुरी) भए १५ लाख रुपैयाँसम्मको बीमा गर्नुपर्ने व्यवस्था रहेको उनको जानकारी दिए । यात्रु बीमा नीति परिमार्जन गर्दा ‘हेड इन्जुरी’ लाई छुट्टै वर्गीकरण गरी बीमा दररेट तोकिने भएको छ । हालको बीमा नीतिमा ‘हेड इन्जुरी’ को व्यवस्था छैन ।

हाल सवारी दुर्घटनाका कारणले कुनै व्यक्ति घाइते भएमा उपचारका लागि बीमाबापत बढीमा प्रतिव्यक्ति ३ लाख र मृत्यु भएमा प्रतिव्यक्ति ५ लाख रुपैयाँबाहेकको रहक यात्रु पक्षले व्यहोर्दै आएका छन् ।

दुर्घटनामा परेका यात्रु उपचार खर्च नहुँदा केही यात्रु अस्पतालमै अलपत्र पर्ने गरेका छन् । जसका कारण बीमामा फरक नीति आवश्यक रहेको समितिको भनाइ छ । यसअघि यातायात व्यवसायी समितिले सबै सवारी साधनधनीबाट निश्चित रकम लिने गरेको थिए । सोही रकमबाट बीमाका लागि खर्च गरिदै आएको छ ।

चालु आर्थिक वर्षको माघसम्म ५२ लाख ९० हजार ४ जीवन बीमा लेख जारी भएको समितिको तंथ्याकमा छ । देशको कुल जनसंख्या अनुमानित २ करोड ९५ लाख ३ हजार ९ सय २६ मध्ये करिब १८ प्रतिशतमा बीमा पहुँच पुगेको देखिन्छ । यो दर बढाएर आगामी आर्थिक वर्षभित्र ३० देखि ४० प्रतिशत पुराउने समितिको दावी छ । हाल पनि करिब ७५ प्रतिशत नेपाली बीमाको दायरा बाहिर रहेको विमासमितिको तंथ्याकमा उल्लेख छ ।

आगामी आर्थिक वर्षदेखि सरकार सवारी, कृषि र अन्य क्षेत्रमा पनि बीमाको दायरा फरकिलो बनाउने उद्देश्य लिएको छ ।

हाल, देशभर १९ वटा जीवन बीमा कम्पनी छन् । जसमध्ये २० वटा निर्जीवन बीमा र एउटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन् । सञ्चालनमा रहेका बीमा कम्पनी पनि शहरमुखी मात्र भएर काम गरिहरेका छन् । चेतनाको अभाव र बीमाको महत्व नबुझ्दा ग्रामिण भेगमा बीमा कार्यक्रम विस्तार हुन सकेको छैन्।

प्रकाशित मिति : १ जेष्ठ २०७६, बुधबार  १२ : १० बजे

रुस, युक्रेन र अमेरिकाबीच अबु धाबीमा वार्ता हुने सम्भावना

मस्को- रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच आगामी नोभेम्बरमा संयुक्त

जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा ह्रास

काठमाडौँ- दुर्लभ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३

विगतका कमीकमजोरी सुधार्दै पार्टीलाई बलियो र एकताबद्ध बनाउछौँ : अजयबाबु

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री अजयबाबु शिवाकोटीले विगतका कमीकमजोरीहरूलाई सुधार

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द