विद्यार्थी एकता दिवसमा घन्कियो अनेरास्ववियु र क्रान्तिकारीबीच एकताको नारा « Khabarhub

विद्यार्थी एकता दिवसमा घन्कियो अनेरास्ववियु र क्रान्तिकारीबीच एकताको नारा


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले सर्वसुलभ र गुणस्तरीय शिक्षाको उचित व्यवस्था हुने गरी बजेट ल्याउन सरकारसँग माग गरेका छन् ।

५५औं विद्यार्थी एकता दिवसको अवसर पारेर बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा विद्यार्थी नेताहरुले सर्वसुलभ र गुणस्तरीय शिक्षाको उचित व्यवस्था हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारसँग माग गरेका हुन् ।

कार्यक्रममा बोल्दै अनेरास्ववियुकी अध्यक्ष एवं सांसद नविना लामाले आगामी आर्थिक वर्षमा गुणस्तरीय शिक्षाका लागि आवश्यक बजेटको व्यवस्था गर्न सांसददेखि संसदसँगको बहसलाई तीव्रता दिइएको दावी पनि गरिन् ।

कार्यक्रममा अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले दुवै विद्यार्थी संगठनहरुलाई आम विद्यार्थीहरुको गर्विलो संगठनको रुपमा स्थापित गराउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

५५ औं विद्यार्थी एकता दिवसको अवसर पारेर काठमाडौंमा आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा दुई संगठनबीचको एकतामा ढिलाई नहुने प्रतिवद्धतासहितको नारा पनि घन्काइएको थियो ।

काठमाडौंको भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी तत्कालीन विद्यार्थी सहिद चिनियाकाजी श्रेष्ठले सहादत प्राप्त गरेको भूगोलपार्कमा पुगेर समापन गरिएको थियो ।

२०२१ जेठ १ गते विद्यार्थीहरुले निकालेको प्रर्दशनमाथि तत्कालीन पञ्चायती शासकले दमन गरेको दिनलाई स्मरण गर्दै हरेक वर्ष जेठ १ गते अर्थात् आजकै दिन विद्यार्थी एकता दिवस मनाउने गरिन्छ ।

 

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  १२ : ३८ बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,