सारा अली खानका ‘बोल्ड’ तस्वीर देखेर भड्किए फ्यान, भने – बुर्का खोइ ? « Khabarhub

सारा अली खानका ‘बोल्ड’ तस्वीर देखेर भड्किए फ्यान, भने – बुर्का खोइ ?


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सारा अली खान ती कलाकारमा पर्छिन्, जसले बलिउडमा कदम राख्नासाथ तहल्का मच्चाउन सफल भए । आफ्ना दुई फिल्मबाट साराले तारिफ बटुलिन् । ठूला स्टार्स पनि उनका सामुन्ने फिक्का लाग्न थालेका छन् । सारा आफ्नो सुन्दरताका कारण चर्चामा रहिरहन्छिन् । उनले सामाजिक सञ्जालमा पनि नयाँ तस्वीर अपलोड गरिरहन्छिन् ।

हालै साराले सामाजिक सञ्जालमा एउटा तस्वीर शेयर गरिन् । उक्त तस्वीरमा उनी निकै हट पनि देखिएकी छिन् । केही फ्यानले उनको तस्वीरलाई रुचाएनन् । बरु ट्रोल बनाइदिए ।

खासमा साराको तस्वीरलाई फ्यानले रमजानसँग जोडिदिए । दर्शकले भन्न थाले कि, तिमी मुस्लिम भएर रमजानका बेलामा यस्ता तस्वीर शेयर गर्न सक्दैनौ । तस्वीर अपलोड गरेकै कारण फ्यानले उनको रोजा खराब भएको भन्दै भड्किएका छन् ।

एक प्रयोगकर्ताले भनेका छन्, ‘बच्ची रमजान हो, कमसेकम बुर्का लगाएर त तस्वीर अपलोड गर्ने गर, यस्तो बेलामा माशाअल्लाह भन्नुपर्नेमा अस्तगफिरुल्लाह भन्न परिरहेको छ, तिमी सुध्रेऊ ।’

अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘रमजानमा यस्ता पोस्ट शेयर गर्दा लाज लागेको छैन ?’

सारा अली खान यतिबेला फिल्म ‘लभ आजकल २’ को काममा व्यस्त छिन् ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  १२ : ४७ बजे

आईपीएलमा चेन्नईको लगातार दोस्रो जित : कलकता ३२ रनले पराजित

चेन्नई – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार राति सम्पन्न

राजस्व चुहावट रोक्न भन्सार नाकामा कडाई

झापा– राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले पूर्वीनाका काँकडभिट्टालगायत

देशभरका स्थानीय तहले आजदेखि ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्दै

काठमाडौँ– देशका सात सय ५३ वटै स्थानीय तहले विभिन्न कार्यक्रम

इटहरी गोल्डकपः मच्छिन्द्र क्लब सेमिफाइनलमा

सुनसरी – मच्छिन्द्र फुटबल क्लब, काठमाडौँ यहाँको इटहरीमा जारी १६औँ

आजदेखि देशभर आर्थिक गणना सुरु हुँदै

काठमाडौँ– आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि