भारतीय फुटबल टोलीको मुख्य प्रशिक्षक बने क्रोएसियाका पूर्वप्रशिक्षक इगोर « Khabarhub

भारतीय फुटबल टोलीको मुख्य प्रशिक्षक बने क्रोएसियाका पूर्वप्रशिक्षक इगोर


१ जेष्ठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -भारतीय राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा क्रोएसियाका पूर्व खेलाडी तथा प्रशिक्षक इगोर स्टामेकलाई नियुक्त गरेको छ । भारतीय फुटबल संघले बुधबार इगोरलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

उनलाई भारतीय टोलीको जिम्मा २ वर्षका लागि दिएको भारतीय फुटबल संघले जनाएको छ । यसअघि सन् २०१४ मा क्रोएसियालाई विश्वकप सम्म पुग्न मद्दत गरेका थिए ।

इगोरसँग १८ वर्षलामो प्रशिक्षक बनेर काम गरेको अनुभव छ । उनको कार्यकालमा भारतले फुटबलको विकासमा ठूलो फड्को मार्ने विश्वास गरिएको छ ।

यसअघि उनी कतारको अल शहानीया क्लबको मुख्य प्रशिक्षकको जिम्मेवारीमा थिए । शहानीयालाई उनले २०१६ देखि २०१७ सम्म नेतृत्व गर्दै अहिले भारतीय टोलीको नेतृत्व गरेका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७६, बुधबार  १ : २२ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने