देशका सबै स्थानीय तहमा खानेपानी तथा सरसफाइ कार्ययोजना बनाइने « Khabarhub

देशका सबै स्थानीय तहमा खानेपानी तथा सरसफाइ कार्ययोजना बनाइने


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका सबै स्थानीय तहमा खानेपानी तथा सरसफाइ कार्ययोजना बनाउन संघीय सरकारले सहयोग गर्ने भएको छ ।

संघीय सरकारको खानेपानी तथा सरसफाइ मन्त्रालयले सबै स्थानीय तहमा खानेपानी तथा सरसफाइ कार्ययोजना बनाउन सहयोग गर्ने भएको हो ।

संविधानमा उल्लेखित स्वच्छ खानेपानी पाउने जनताको मौलिक हक कार्यान्वयनका लागि कार्ययोजना बनाउन सहयोग गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

बुधबार प्रतिनिसभाको विकास तथा प्रविधि समितिको वैठकमा बोल्दै खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले सबै स्थानीय तहमा खानेपानी र सरसफाइ कार्ययोजना बनाइने र त्यसका लागि आफ्नो मन्त्रालयले सहयोग गर्ने बताइन् ।

मन्त्री मगरका अनुसार खानेपानी र सरसफाइ क्षेत्रमा कति योजना आवश्यक छन्, ती आवश्यकतालाई सम्बोधन गर्न के कति बजेट आवश्यक पर्छ भन्ने कुरा कार्ययोजनामा समेटिने छ । साथै स्थानीय तहमा खानेपानी योजना हुने, कार्यालय नहुने, कार्यालय हुने, योजना नहुने स्थितिलाई अन्त्य गरिने पनि मन्त्री मगरको भनाइ थियो ।

भूकम्पका कारण क्षति पुगेका ७ सय ७८ खानेपानी आयोजनामध्ये ६ सय ७० आयोजनाको पुनःनिर्माण सम्पन्न भइसकेको र बाँकी रहेका १ सय ९ आयोजनाको पनि आगामी वर्षभित्रै पुनःनिर्माण सकिने मन्त्री मगरले जानकारी दिइन् ।

मन्त्री मगरले हाल रोकिएको मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्ने विषयमा आगामी मन्त्रिपरिषदको बैठकमा आफूले विशेष प्रस्ताव पेश गर्ने पनि बतइन् ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  २ : २९ बजे

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन

सामुदायिक रेडियो नै समुदायको आवाज हो : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सामुदायिक रेडियोहरू समुदाय केन्द्रित

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठ २९ र ३० मा

काठमाडौं– काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ को आयोजनामा आउँदो वर्ष

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र