मेलम्ची आयोजनाको काम अगाडि बढाउन विशेष प्रस्ताव पेश गरिने « Khabarhub

मेलम्ची आयोजनाको काम अगाडि बढाउन विशेष प्रस्ताव पेश गरिने


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– हाल अवरुद्ध रहेको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको काम अगाडि बढाउन खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले विशेष प्रस्ताव अगाडि बढाउने भएकी छन् ।

मन्त्री मगरले आगामी मन्त्रिपरिषदको वैठकमा विशेष प्रस्ताव पेश गर्ने बताएकी हुन् ।

बुधबार प्रतिनिसभाको विकास तथा प्रविधि समितिको वैठकमा बोल्दै मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्ने विषयमा आगामी मन्त्रिपरिषदको बैठकमा आफूले विशेष प्रस्ताव पेश गर्ने बताइन् ।

समितिको वैठकबाट मेलम्ची खानेपानी आयोजनाका काम तत्काल अगाडि बढाउन निर्देशन दिइएपछि मन्त्री मगरले आफूले आगामी मन्त्रिपरिषदको वैठकमा यसबारे विशेष प्रस्ताव पेश गर्ने बताएकी हुन् ।

मेलम्ची खानीपानी आयोजनाको मुख्य ठेकेदार इटालियन कम्पनी सीएमसी दि राभेना बीचैमा काम छाडेर मागेपछि आयोजनाको काम हाल ठप्पजस्तै छ ।

मुहानतर्फको मुख्य काम चलिरहेका बेला सीएमसीले बीचमै काम छाडेको थियो । अंग्रेजी नयाँ वर्ष २०१९ र गत वर्षको क्रिसमसको बिदा मनाउन भनेर आयोजना स्थलबाट भागेका सीएमसीका ठेकेदारहरु भागेका थिए ।

त्यसपछि सीएमसीले एकतर्फी रुपमा ठेक्का तोडेको घोषणा गरेको थियो ।

खानेपानी मन्त्री मगरले मेलम्चीमा पुनः सीएमसीलाई नै फर्काउने पहल गरिरहेको विषय सार्वजनिक भए पनि हालसम्म कुनै निर्णय सार्वजनिक भएको छैन ।

यसबीचमा मेलम्चीको समस्या समाधानका लागि आफूले विभिन्न निकायसँग छलफल गरेको जनाउँदै अवरुद्ध रहेको काम तत्काल शुरु गर्न आफूले मन्त्रिपरिषदमा विशेष प्रस्ताव पेश गर्न लागेको मन्त्री मगरको भनाइ छ ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  २ : ४५ बजे

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

थाइल्याण्डबाट चीन फर्काइएका ४० उइग्युरको अवस्थाप्रति राष्ट्रसंघको चिन्ता

काठमाडौं- जेनेभास्थित संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरले

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध

ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन

‘मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं– नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका रुपमा