मेलम्ची आयोजनाको काम अगाडि बढाउन विशेष प्रस्ताव पेश गरिने « Khabarhub

मेलम्ची आयोजनाको काम अगाडि बढाउन विशेष प्रस्ताव पेश गरिने


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– हाल अवरुद्ध रहेको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको काम अगाडि बढाउन खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले विशेष प्रस्ताव अगाडि बढाउने भएकी छन् ।

मन्त्री मगरले आगामी मन्त्रिपरिषदको वैठकमा विशेष प्रस्ताव पेश गर्ने बताएकी हुन् ।

बुधबार प्रतिनिसभाको विकास तथा प्रविधि समितिको वैठकमा बोल्दै मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्ने विषयमा आगामी मन्त्रिपरिषदको बैठकमा आफूले विशेष प्रस्ताव पेश गर्ने बताइन् ।

समितिको वैठकबाट मेलम्ची खानेपानी आयोजनाका काम तत्काल अगाडि बढाउन निर्देशन दिइएपछि मन्त्री मगरले आफूले आगामी मन्त्रिपरिषदको वैठकमा यसबारे विशेष प्रस्ताव पेश गर्ने बताएकी हुन् ।

मेलम्ची खानीपानी आयोजनाको मुख्य ठेकेदार इटालियन कम्पनी सीएमसी दि राभेना बीचैमा काम छाडेर मागेपछि आयोजनाको काम हाल ठप्पजस्तै छ ।

मुहानतर्फको मुख्य काम चलिरहेका बेला सीएमसीले बीचमै काम छाडेको थियो । अंग्रेजी नयाँ वर्ष २०१९ र गत वर्षको क्रिसमसको बिदा मनाउन भनेर आयोजना स्थलबाट भागेका सीएमसीका ठेकेदारहरु भागेका थिए ।

त्यसपछि सीएमसीले एकतर्फी रुपमा ठेक्का तोडेको घोषणा गरेको थियो ।

खानेपानी मन्त्री मगरले मेलम्चीमा पुनः सीएमसीलाई नै फर्काउने पहल गरिरहेको विषय सार्वजनिक भए पनि हालसम्म कुनै निर्णय सार्वजनिक भएको छैन ।

यसबीचमा मेलम्चीको समस्या समाधानका लागि आफूले विभिन्न निकायसँग छलफल गरेको जनाउँदै अवरुद्ध रहेको काम तत्काल शुरु गर्न आफूले मन्त्रिपरिषदमा विशेष प्रस्ताव पेश गर्न लागेको मन्त्री मगरको भनाइ छ ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  २ : ४५ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको