जाजरकोटको ‘कम्युनिस्ट गाउँ’मा पहिलोपटक पुग्यो सरकारी टोली « Khabarhub

जाजरकोटको ‘कम्युनिस्ट गाउँ’मा पहिलोपटक पुग्यो सरकारी टोली


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


जुनिचाँदे– जाजरकोटको ‘कम्युनिस्ट गाउँ’ (कम्युन)का रुपमा चर्चित जुनिचाँदेमा पहिलोपटक सरकारी अधिकारी पुगेका छन् ।

जिल्लाको जुनिचाँदे गाउँपालिकामा पहिलोपटक प्रमुख जिल्ला अधिकारी समेत सहभागितामा बृद्धद शिविर सञ्चालन गरिएको हो ।

गाउँपालिकाको प्रशासकीय केन्द्र लुहादह र जुनी बस्तीमा शिविर सञ्चालन गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतलगायतको सरकारी टोलीले लहादह, जुनिचाँदेलगायत ठाउँमा गएर शिविर सञ्चालन गरेको हो ।

शिविरमा ६ सय ४२ मा नागरिकता लिएका छन् । उक्त एकीकृत घुम्ती शिविरबाट ६५० जनाले फोटोसहितको मतदाता नामावली दर्ता गराएका छन् ।

शिविरमा १ हजार ९ सय ३६ भेडा/बाख्रा, २ सय ३३ गाई/गोरु, १ सय ६१ भैंसी/राँगो, १० कुकुर र २५ घोडा–खच्चड गरी जम्मा २ हजार ३७६ वटा पशुचौपायलाई विभिन्न रोगको खोप लगाइएको छ ।

त्यस्तै ५०० घरधुरी किसानलाई विभिन्न उन्नत जातको तरकारीको बीउ वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिए । जिल्ला सदरमुकाम खलङ्गादेखि करीब ३२ कोस टाढाको दूरीमा रहेको जुनिचाँदेको सबै वडामा उक्त शिविर भएको थियो ।

पहिलो पटक गाउँमा पुगेका सरकारी अधिकारीलाई स्थानीयवासीले प्रश्नको ओइरो लगाएका थिए । टेलिफोन, नागरिकता गाउँमा सधैँ पाइने अवस्था कहिले हुन्छ भन्दै गाउँलेले प्रश्न गरेका थिए । दैलेखको सिमानासँग जोडिएको जुनिचाँदे गाउँपालिका जिल्लाको दुर्गम स्थानीय तहमा पर्दछ ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ३ : ३८ बजे

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

थाइल्याण्डबाट चीन फर्काइएका ४० उइग्युरको अवस्थाप्रति राष्ट्रसंघको चिन्ता

काठमाडौं- जेनेभास्थित संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरले

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध

ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन

‘मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं– नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका रुपमा