‘जात्रै जात्रा’ ले २० करोड कमाए पनि यसको सिक्वेल बन्दैन – निर्देशक भट्टराई « Khabarhub

‘जात्रै जात्रा’ ले २० करोड कमाए पनि यसको सिक्वेल बन्दैन – निर्देशक भट्टराई


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तस्वीर – प्रदीप भट्टराईको फेसबूकबाट

काठमाडौं – आउँदो शुक्रवार (जेठ ३) बाट चलचित्र ‘जात्रै जात्रा’ प्रदर्शन हुँदैछ । चलचित्रको रिलिजअघि पर्याप्त चर्चा छ । यसअघि ‘जात्रा’ र ‘शत्रु गते’ निर्देशन गरेका निर्देशक प्रदीप भट्टराई यो फिल्मबाट पनि उत्तिकै आशावादी छन् । यो फिल्म पनि हिट भएको खण्डमा प्रदीपले निर्देशन गरेका हिट तीन फिल्मले ह्याट्रिक हान्नेछन् ।

‘जात्रै जात्रा’ किन हेर्ने ? निर्देशक भट्टराई यो फिल्म मनोरञ्जनका लागि हेर्नुपर्ने धारणा राख्छन् । उनका अनुसार यो फिल्म एउटा पूर्ण चलचित्र हो । ‘दर्शकले ‘जात्रा’ पनि मनोरञ्जनका लागि हेर्नुभएको थियो, त्यसको तुलनामा यसको सिक्वेलमा अझै मनोरञ्जन छ,’ निर्देशक भट्टराई सुनाउँछन् ।

उनी यो फिल्म आफूले निर्देशन गरेका यसअघिका फिल्मभन्दा स्तरीय भएको दाबी गर्छन् । ‘जात्रा’ मा कथा अपूर्ण भएको र त्यसको बाँकी कथा ‘जात्रै जात्रा’ मा भेटिने उनी बताउँछन् । ‘कथाको हिसाबले यो फिल्म पूर्ण सिनेमा हो, ‘जात्रै जात्रा’ मा कथा अपूर्ण छोडिएको थियो,’ उनी अगाडि थप्छन् ।

उनले दर्शकलाई ‘जात्रा’ कै कथाका रुपमा यो फिल्म हेर्न पनि दर्शकलाई आग्रह गर्छन् । साथै उनले अब यसको तेस्रो सिक्वेल नबन्ने बताउँछन् । ‘जात्राको नाममा अरु फिल्म बन्ला तर २० करोड कमाए पनि यही कथामा तेस्रो सिक्वेल बन्दैन,’ प्रदीप भन्छन्, ‘हामीले ‘जात्रै जात्रा’ मा नै पूर्ण कथा छोडेका छौँ, अर्को फिल्मको लागि कथा उठाउन पर्दैन ।’

‘जात्रै जात्रा’ को कुरा गर्नुपर्दा यो फिल्ममा विपिन कार्की, दयाहाङ राई, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, राजाराम पौडेल, वर्षा राउत लगायतका कलाकारको शीर्ष भूमिका छ । रिलिजअघि चलचित्रले गज्जबको प्रतिक्रिया पाएको छ । यसको गीत ‘जीवन जात्रा हो’ ले पनि खुबै चर्चा बटुलेको छ । यसको पहिलो भाग ‘जात्रा’ ले पनि दर्शकबाट तारिफ बटुलेको थियो ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ३ : ५३ बजे

कांग्रेस महाधिवेशन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन

विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि गैरप्राथमिक आयोजनाको बजेट कटौती गरिने

हेटौँडा– बागमती प्रदेश सरकारले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणलाई

अन्तर्राष्ट्रिय साहित्यतर्फको नोबेल पुरस्कार क्यानेडाली कवयित्री एवम् निबन्धकार एन कार्सनलाई

काठमाडौं- क्यानेडाली कवयित्री, निबन्धकार तथा अनुवादक एन कार्सनले यस वर्षको

गगनको मुखैमा विधान छ, मन लागेका बेला फ्याट्टै फेर्नुहुन्छ : प्रकाशशरण महत

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशन जारी छ । संस्थापन पक्ष

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।