दुई तिहाईको दम्भ देखाएर बस्ने अवस्था छैनः माधव नेपाल « Khabarhub

दुई तिहाईको दम्भ देखाएर बस्ने अवस्था छैनः माधव नेपाल


१ जेष्ठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सत्तारुढ दलका वरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले अंहकार छोडी जनताको मन जित्ने काम गर्न सरकारलाई सुझाव दिएका छन् ।

युवा संघ नेपालको २९ औं वाार्षिकोत्सवको अवसरमा बुधबार राजधानीमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहंकारी दृष्टिकोण, गलत चिन्तन र सर्वश्रेष्ठताको भ्रमले पतन तर्फ डोर्याउने भन्दै कम्युनिष्ट आन्दोलनलाई बचाई लोकप्रिय बनाउनेतर्फ गम्भीर बन्न सुझाव दिएका हुन् ।

उनले बहुमतको अहंकारमा नपर्न पनि सरकारलाई सचेत गराए । उनले भने “हाम्रो काम र व्यवहारले नै जनताको मन जित्न सक्दछ । जनताका पीर–मर्कामा सहयोगी भयौं, जनताको दुःख कष्टमा साथ दियौं अनि जनताको सुखमा पनि रमायौं भने जनताले हामीलाई मन पराउनेछन् ।’

अहिले सम्पुर्ण कम्युनिस्ट नेताहरुको आचरण र व्यवहारमाथि नै परीक्षण भइरहेको भन्दै उनले आचरण र व्यवहारका कारण नै विकृति फैलिएको त छैन भन्नेतर्फ विचार पु्याउन नेतृत्वको ध्यानाकर्षण गराए । सिद्धान्तको अध्ययन र विचारलाई ग्रहण गर्दे संस्थागत नियम र विधिको पालना गरी संगठनात्मक जिम्मेवारी अघि बढाउन पनि उनले आग्रह गरे ।

भाषणको प्रतिस्पर्धामा जान चाहन्न भन्दै आफ्नो सम्बोधन शुरु गरेका पुर्वप्रधानमन्त्री नेपालले सामाजिक न्याय सहितको समृद्धि मुठ्ठी भरको जमातका लागि नभएको भन्दै शिक्षा, रोजगारी तथा जनतासंग जोडिएको गास बासका विषयलाई ध्यान दिनुपर्नेमा जोड दिए ।

समाजवादको कुरा गर्दा सोभियत संघ विघटन भएर पतन भएको, चीन ठूलो संकटमा पुगेर पनि नयाँ गतिका साथ अघि बढेको पं्रसग उल्लेख गर्दै उनले कमजोरी खोज्ने र हटाउने बाटोमा अघि बढ्नुपर्ने आवश्यकता औल्याए । उनले चुनावदेखि नै प्रगति गरेको भएपनि यथेष्ट प्रगति नभएको भन्दै दुई तिहाईको दम्भमा बस्ने अवस्था नरहेको तर्फ सरकारको ध्यानाकर्षण गराए ।

उनले भने “प्रगति यथेष्ट छैन । अझै पनि हामीले ५५ प्रतिशत जनताको मात्रै मत प्राप्त गरेका छौं । ख्याल गर्नुहोस् दुई तिहाई होइन । धेरै जनताको विश्वास जित्न बाँकी छ । धेरै जनताको माझमा पुग्न बाँकी छ । धेरैलाई हामीले आफ्नो पक्षमा ल्याउनु जरुरी छ । त्यो के बाट गर्न सक्छौं ? राम्रो कामबाट ।”

प्रकाशित मिति : १ जेष्ठ २०७६, बुधबार  ५ : १५ बजे

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय