दुई तिहाईको दम्भ देखाएर बस्ने अवस्था छैनः माधव नेपाल « Khabarhub

दुई तिहाईको दम्भ देखाएर बस्ने अवस्था छैनः माधव नेपाल


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सत्तारुढ दलका वरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले अंहकार छोडी जनताको मन जित्ने काम गर्न सरकारलाई सुझाव दिएका छन् ।

युवा संघ नेपालको २९ औं वाार्षिकोत्सवको अवसरमा बुधबार राजधानीमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहंकारी दृष्टिकोण, गलत चिन्तन र सर्वश्रेष्ठताको भ्रमले पतन तर्फ डोर्याउने भन्दै कम्युनिष्ट आन्दोलनलाई बचाई लोकप्रिय बनाउनेतर्फ गम्भीर बन्न सुझाव दिएका हुन् ।

उनले बहुमतको अहंकारमा नपर्न पनि सरकारलाई सचेत गराए । उनले भने “हाम्रो काम र व्यवहारले नै जनताको मन जित्न सक्दछ । जनताका पीर–मर्कामा सहयोगी भयौं, जनताको दुःख कष्टमा साथ दियौं अनि जनताको सुखमा पनि रमायौं भने जनताले हामीलाई मन पराउनेछन् ।’

अहिले सम्पुर्ण कम्युनिस्ट नेताहरुको आचरण र व्यवहारमाथि नै परीक्षण भइरहेको भन्दै उनले आचरण र व्यवहारका कारण नै विकृति फैलिएको त छैन भन्नेतर्फ विचार पु्याउन नेतृत्वको ध्यानाकर्षण गराए । सिद्धान्तको अध्ययन र विचारलाई ग्रहण गर्दे संस्थागत नियम र विधिको पालना गरी संगठनात्मक जिम्मेवारी अघि बढाउन पनि उनले आग्रह गरे ।

भाषणको प्रतिस्पर्धामा जान चाहन्न भन्दै आफ्नो सम्बोधन शुरु गरेका पुर्वप्रधानमन्त्री नेपालले सामाजिक न्याय सहितको समृद्धि मुठ्ठी भरको जमातका लागि नभएको भन्दै शिक्षा, रोजगारी तथा जनतासंग जोडिएको गास बासका विषयलाई ध्यान दिनुपर्नेमा जोड दिए ।

समाजवादको कुरा गर्दा सोभियत संघ विघटन भएर पतन भएको, चीन ठूलो संकटमा पुगेर पनि नयाँ गतिका साथ अघि बढेको पं्रसग उल्लेख गर्दै उनले कमजोरी खोज्ने र हटाउने बाटोमा अघि बढ्नुपर्ने आवश्यकता औल्याए । उनले चुनावदेखि नै प्रगति गरेको भएपनि यथेष्ट प्रगति नभएको भन्दै दुई तिहाईको दम्भमा बस्ने अवस्था नरहेको तर्फ सरकारको ध्यानाकर्षण गराए ।

उनले भने “प्रगति यथेष्ट छैन । अझै पनि हामीले ५५ प्रतिशत जनताको मात्रै मत प्राप्त गरेका छौं । ख्याल गर्नुहोस् दुई तिहाई होइन । धेरै जनताको विश्वास जित्न बाँकी छ । धेरै जनताको माझमा पुग्न बाँकी छ । धेरैलाई हामीले आफ्नो पक्षमा ल्याउनु जरुरी छ । त्यो के बाट गर्न सक्छौं ? राम्रो कामबाट ।”

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ५ : १५ बजे

आमिर खानका भाञ्जा इमरान खानलाई भारत छाड्न निर्देशन

काठमाडौं– बलिउड अभिनेता आमिर खानका भाञ्जा तथा अभिनेता इमरान खान

नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका

कांग्रेसको १५औँ महाधिवेशनको सबै मतगणना सम्पन्न

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

काठमाडौं महानगरले भन्यो- सफाइ कर्मचारी दसैँ मनाउन गए, कात्तिक १, ३ र ४ गतेको फोहर घरैमा राख्नू

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कात्तिक १, ३ र ४ गतेको फोहर

दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालाई नेपाल दूरसञ्चार प्राधिकरणको