‘स्टुडेन्ट अफ द इयर २’ बक्स अफिसमा ओरालो ! | Khabarhub Khabarhub

‘स्टुडेन्ट अफ द इयर २’ बक्स अफिसमा ओरालो !


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – टाइगर श्राफ, अनन्या पाण्डे र तारा सुतारिया स्टारर फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ बक्स अफिसमा खासै कमाइ गरेको छैन । रोमान्टिक ड्रामा भनिएको यो फिल्मले पाँच दिनमा ५ दिनमा ५० करोड पनि कमाइ गर्न सकेन । विकेन्डमा यसको कमाइ झन् कम हुँदै गएको छ । यो फिल्मले पाँच दिनमा ४९ करोड ३७ लाख रुपैयाँ कमाइ गरेको छ ।

फिल्मको सोमबारका हिसाबमा मंगलवारको कमाइमा खासै गिरावट आएको छैन । तर फिल्मले ५० करोड पनि कमाएको छैन । यो फिल्मले भारतमा शुक्रवार १२ करोड, शनिवार १४ करोड, त्यस्तै आइतवार १२ करोड ७५ लाख र सोमबार ५ करोड ५२ लाखको कमाइ गरेको छ । फिल्मको मंगलवारको कमाइ ५ करोड २ लाख मात्र छ ।

टाइगर श्राफको यो फिल्मले खासै कमालको व्यापार गर्न सकेन । उनको पछिल्लो रिलिज फिल्म ‘बागी २’ का अगाडि ‘स्टुडेन्ट अफ द इयर २’ ले निकै निराशाजनक व्यापार गर्‍यो ।

‘स्टुडेन्ट अफ द इयर २’ लाई पुनित मल्होत्राले निर्देशन गरेका थिए । उनले निर्देशन गरेका दुई फिल्म पनि बक्स अफिसमा पानी पनि भन्न पाएका थिएनन् । यो फिल्मबाट अनन्या पाण्डेलाई चाहिँ बलिउडकी सम्भावित स्टारका रुपमा हेरिएको छ ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ५ : ३० बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग