बजेट समाजवाद उन्मुख हुन्छः नेता श्रेष्ठ | Khabarhub Khabarhub

बजेट समाजवाद उन्मुख हुन्छः नेता श्रेष्ठ


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट सामाजवाद उन्मुख हुने बताएका छन् ।

प्रेस संगठन गोरखाले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुसँग कुरा गर्दै नेता श्रेष्ठले भने “गएको एक वर्षलाई समृद्धिको आधारवर्षमा रुपमा लिएका थियौं त्यो सफल भयो । अब आउने बजेट समाजवाद उन्मुख समृद्धि तिर अघि बढ्छ, चुनावी घोषणापत्र अनुसार जेष्ठ नागरिकहरुले पाउने सामाजिक सुरक्षा भत्ता वृद्धि हुन्छ ।”

जिल्ला कमिटीका एकीकृत सदस्यहरुको औपचारिक सपथ ग्रहण गर्ने कार्यक्रममा गोरखा आएका नेता श्रेष्ठले प्रधानमन्त्री विदेशबाट फर्के लगतै बजेटका विषयमा वृहत छलफल हुने बताए । बजेटका सैद्धान्तिक पक्ष उत्पादन वृद्धि, समानुपातिक, समावेशी, सामाजिक न्याय सहितको हुने उनले बताए ।

नेकपा सरकारले स्वतन्त्र पत्रकारितामा अंकुश लगाउन खोजेको हो भन्ने प्रश्नमा विधेयक पेश गर्दैमा त्यो कानून नहुने बताउँदै, जे विधेयकमा छ त्यही पारित नहुने उनले बताए । सरकार र नेकपा सँधै प्रेस स्वतन्त्रताको पक्षमा रहेको उनले बताए । बुढीगण्डकी परियोजनाको क्षमता किन घटाउन खोजेको भन्ने प्रश्नमा प्रस्तावित योजना अनुसार नै सरकार अगाडि बढीरहेको उनले बताए । मुआब्जा वितरण कार्य तदारुकता साथ अगाडि बढाउनुपर्ने उनले बताए ।

नेकपा जिल्ला पार्टी कमिटी सदस्यहरु सपथ ग्रहण तथा पूर्ण बैठक कार्यक्रममा नेकपा गण्डकी प्रदेशका सहइञ्चार्ज खगराज अधिकारी, नेकपा केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा साँसद हरिराज अधिकारी, केन्द्रीय सदस्य अमर तमु, केन्द्रीय सदस्य, कृष्ण धिताल, केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सरकारका मन्त्री रामशरण बस्नेत लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ५ : ४३ बजे

समीकरण फेरिएपछि दलमा विचलन आउनुहुन्न : महासचिव पोखरेल

ताप्लेजुङ– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नयाँ राजनीतिक समीकरणबाट सरकार

पार्टी फुटबारे प्रधानमन्त्रीसँग उपेन्द्र यादवको वार्ता, तत्काल सरकार नछाड्ने

काठमाडौं– अमेरिकाबाट मंगलबार बिहान फर्किएलगत्तै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष

विश्व बैंकमा नेपाललाई ८० मिलियन डलर ऋण दिने प्रस्ताव स्वीकृत

काठमाडौं – विश्व बैंकले डेभलपमेन्ट पोलिसी क्रेडिट (विकास नीति सहायता)

चितवनका केराले पाउन थाल्यो बजार

नारायणगढ– पूर्वी चितवन रत्ननगरका केरा व्यवसायी बाबुराम भट्ट अहिले निकै

‘बर्खा सुरु नहुँदै भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण आवश्यक’

काठमाडौं– कर्णाली प्रदेशका सरकारका मुख्यमन्त्री यामलाल कँडेलले जाजरकोट भूकम्पपीडितका लागि