मालपोत कार्यालयका कर्मचारीले चोरे २ करोड ५० लाख राजश्व « Khabarhub

मालपोत कार्यालयका कर्मचारीले चोरे २ करोड ५० लाख राजश्व


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– बाराको कलैयास्थित मालपोत कार्यालयका कर्मचारीले कार्यालयबाट संकलन भएको साढे २ करोड रुपैयाँ ‘चोरी’ गरेका भेटिएको छ ।

कार्यालयबाट २० कात्तिक २०७४ देखि २८ साउन २०७५ सम्म ४ करोड ७३ लाख ६९ हजार ४० रुपैयाँ संकलन भएको थियो । तर, तत्कालीन मालपोत अधिकृतसहितका कर्मचारीले २ करोड ५० लाख ८६ हजार ६ सय ४० रुपैयाँ चोरी गरेर खाइ मासेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट खुलेको छ ।

मालपोत कार्यालय कलैयाका रजिष्ट्रेसन फाँट ३ का फाँटवाला मदन प्रसाद गुप्ताले आफू कार्यरत रहेको अवधिमा कार्यालयमा बुझिलिएको राजश्व रसिद, आफूले पारित गरेका सक्कलै लिखतहरु र सोसँग सम्बन्धित अन्य कागजातहरु कार्यालयमा नबुझाएको देखिएपछि अख्तियारले छानबिन शुरु गरेको थियो ।

अख्तियारको छानबिनका क्रममा फाँटवाला गुप्ताले नक्कली रसिद समेत प्रयोग गरेर राजश्व संकलन गरेको देखिएको छ । फाँटवाला गुप्ताले २० कात्तिक २०७४ देखि २८ साउन २०७५ सम्म सक्कली रसिद प्रयोग गरेर ३ करोड ३७ लाख ९८ हजार ७ सय ४६ रुपैयाँ राजश्व संकलन गरेका थिए । उक्त अवधिमा नक्कली रसिद प्रयोग गरेर १ करोड ३५ लाख ७० हजार २ सय ९४ रुपैयाँ राजश्व संकलन गरिएको अख्तियारको अनुसन्धानबाट देखिएको छ ।

नक्कली र सक्कली रसिद प्रयोग गरी उक्त अवधिमा ४ करोड ७३ लाख ६९ हजार ४० रुपैयाँ संकलन भएको अख्तियारले जनाएको छ । जसमध्ये फाँटवाल गुप्ता, कार्यालय प्रमुख त्रिवेदीसहितका कर्मचारीले २ करोड २२ लाख ८२ हजार ४ सय रुपैयाँ मात्रै कार्यालयमा बुझाएर बाँकी रकम चोरी गरेर खाइ मासेको अख्तियारले जनाएको छ ।

अख्तियारले उक्त रकम चोरी गरी खाइ मास्ने कार्यमा संलग्न रहेको भन्दै मालपोत कार्यालय कलैयाका तत्कालीन प्रमुख राजराजेश्वर त्रिवेदी, फाँटवाला (नायव सुब्बा) मदन प्रसाद गुप्ता, लेखापाल युगल किशोर ठाकुरविरुद्ध मुद्दा दायर गरेको छ ।

यस्तै, उक्त अनियमितता प्रकरणबारे अनदेखा गरी बदनियतपूर्वक लेखा परीक्षण प्रतिवेदन तयार पारेको भन्दै अख्तियारले कोष तथा लेखा नियन्त्रक कार्यालय बाराका लेखापालद्वय प्रविण गौतम र कमल खतियार तथा महालेखा परीक्षकको कार्यालय बबरमहल काठमाडौंका निर्देशक अजय कुमार सापकोटाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ७ : २७ बजे

एमाले अध्यक्ष ओलीलाई सान्तवना दिँदै बालेनले भने : पिताजस्तो रक्षक र गुरू कोही छैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधामन्त्री केपी शर्मा ओलीका बुवा

प्रधानन्यायाधीश राउतलाई गृहनगरमा अभिनन्दन

कटारी- सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई कटारी नगरपालिकामा अभिनन्दन गरिएको

जनअनुमोदित यी अनुहार : वकिलदेखि व्यवसायीसम्मको संसद् यात्रा

काठमाडौं– फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपालको राजनीतिक

इरानका नागरिकले ‘अनअराइवल’ भिसा नपाउने

काठमाडौं– नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले आगमन