भियतनाम र कम्बोडियाको भ्रमण फलदायी : प्रधानमन्त्री ओली « Khabarhub

भियतनाम र कम्बोडियाको भ्रमण फलदायी : प्रधानमन्त्री ओली


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीले  प्रधानमन्त्रीस्तरबाट पहिलोपटक भएको भियतनाम र कम्बोडियाको भ्रमण फलदायी भएको बताएका छन् । बुधबार अपराह्न स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भ्रमण दुई पक्षीय हितमा विभन्न सम्झौता भएको जानकारी दिएका हुन् ।

समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुकको निमन्त्रणामा गत वैशाख २६ देखि ३० वैशाखसम्म भियतनाम र त्यसपछि कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा कम्बोडिया भ्रमण सकेर बुधबार साँझ प्रधानमन्त्री ओली स्वदेश फर्किएका हुन् ।

कम्बोडिया भ्रमणमा रहेका बेला प्रधानमन्त्री ओली तथा उनका कम्बोडियाली समकक्षी हुन सेनले १५ बुँदे संयुक्त विज्ञप्ति जारी गरेका थिए ।
प्रधानमन्त्री ओलीले त्यहाँका प्रधानमन्त्री हुन सेनसँगको भेटवार्तापछि संयुक्त विज्ञप्ति जारी गरिएको थियो ।

उक्त भेटवार्तामा प्रधानमन्त्री ओलीले कम्बोडिया त्यस क्षेत्रमा नेपालको नजिकको मित्र तथा महत्वपूर्ण साझेदार रहेको जनाएका थिए । त्यस्तै, भेटवार्तामा कम्बोडियाली प्रधानमन्त्री सेनले गतवर्ष आफ्नो नेपाल भ्रमणको चर्चा गर्दै ओलीको कम्बोडिया भ्रमण ऐतिहासिक रहेको जनाएका थिए । भेटवार्तामा ओली र सेन बीच पर्यटन, संस्कृति, लगानी, व्यापार, शिक्षालगायतका क्षेत्रमा द्विपक्षीय साझेदारीलाई प्रवर्द्धन गर्ने विषयमा छलफल भएको थियो ।

भियतनामको ५ दिने औपचारिक भ्रमण सकेर उच्चपदस्थअधिकारी तथाव्यापारिक प्रतिनिधिमण्डलका सदस्यसहितकम्बोडिया पुगेका प्रधानमन्त्रीओलीले त्यहाँको स्वतन्त्रता स्मारकमागई माल्यार्पण गरेको तथा स्वतन्त्रता सेनानीहरुप्रति सम्मान दर्शाएका थिए ।

त्यस्तै, कम्बोडियाका पूर्व राजा तथा राष्ट्रपिता नरोदोम सिंहानुकको शालिकमा समेत माल्यार्पण गरेका थिए । प्रधानमन्त्री ओलीले सेनलाई नेपाल भ्रमणको निम्तो समेत दिएका थिए । प्रधानमन्त्री सेनाले ओलीले दिएको नेपाल भ्रमणको निम्तो स्वीकार गर्दै निकट भविष्यमा नै नेपालको भ्रमण गर्ने जनाएका थिए ।

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेकपा संसदीय दलका उपनेता सुवाश नेम्बाङ र उच्चपदस्थ कर्मचारी पुगेका थिए । नेपाली सेनाको ‍टोलीले सलामी दिएको थियो ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ९ : ४५ बजे

लज्जास्पद हारसँगै एमाले-नेकपाका कार्यकर्ता चिन्तित : नेतृत्वले देखाए सुध्रिने संकेत

काठमाडौं- फागुन २१ गतेको निर्वाचनमा सर्मनाक हारसँगै नेकपा (एमाले) र

गृहमन्त्रीसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलको प्रतिवेदन पेस

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलले प्रतिवेदन

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

थाइल्याण्डबाट चीन फर्काइएका ४० उइग्युरको अवस्थाप्रति राष्ट्रसंघको चिन्ता

काठमाडौं- जेनेभास्थित संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरले

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध