अमेरिकाले इराकबाट कर्मचारी फिर्ता बोलायो « Khabarhub

अमेरिकाले इराकबाट कर्मचारी फिर्ता बोलायो


१ जेष्ठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– इरानसँग तनाव बढ्दै गइरहेको अवस्थामा अमेरिकाले इराकबाट आकस्मिक बाहेकका सबै कर्मचारीलाई फिर्ता बोलाएको छ ।

अमेरिकी विदेशमन्त्रालयले राजधानी बगदादमा रहेको राजदूतावास तथा इराकको स्वशासित क्षेत्र इराकी कुर्दिस्तानको राजधानी इर्बिलमा रहेको नियोगबाट अमेरिकी कर्मचारीलाई व्यावसायिक यातायातका माध्यमबाट इराक छाड्न निर्देशन जारी गरेको हो । त्यसबाहेक ती नियोगबाट भिसा सेवा पनि केही समयका लागि स्थगित गरिने बगदादस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

यद्यपि इराकबाट बाहिरिने अमेरिकी कर्मचारीको यकिन तथ्याङ्क भने खुलाइएको छैन । इरान समर्थित लडाकुबाट अमेरिकी नागरिक तथा कर्मचारीमाथि आक्रमण हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै आफ्ना कर्मचारी फिर्ता बोलाइएको अमेरिकी भनाइ छ । केही समययता इरान र अमेरिकाबीच सम्बन्धमा तिक्तता आएपछि मध्यपूर्वमा फेरि अर्को युद्ध हुने जोखिम बढिरहेको बेला पछिल्लो अमेरिकी घोषणा आएको हो ।

यसअघि अमेरिकाले त्यस क्षेत्रमा १ लाख २० हजारको सङ्ख्यामा सेना तैनाथ गर्ने समाचार सार्वजनिक भएको थियो । अमेरिकाले इरानले मध्यपूर्वमा रहेका अमेरिकी फौज तथा अमेरिकी साझेदार मुलुकलाई खतरा पु¥याउन सक्ने भन्दै लडाकु विमान वाहक पानीजहाज तथा बम वर्षक विमा परिचालन गरिसकेको छ । यता इरानले भने अमेरिकाको आक्रमक कदमको कडा जवाफ दिने चेतावनी दिइसकेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७६, बुधबार  ८ : २९ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको