अमेरिकाले इराकबाट कर्मचारी फिर्ता बोलायो | Khabarhub Khabarhub

अमेरिकाले इराकबाट कर्मचारी फिर्ता बोलायो


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– इरानसँग तनाव बढ्दै गइरहेको अवस्थामा अमेरिकाले इराकबाट आकस्मिक बाहेकका सबै कर्मचारीलाई फिर्ता बोलाएको छ ।

अमेरिकी विदेशमन्त्रालयले राजधानी बगदादमा रहेको राजदूतावास तथा इराकको स्वशासित क्षेत्र इराकी कुर्दिस्तानको राजधानी इर्बिलमा रहेको नियोगबाट अमेरिकी कर्मचारीलाई व्यावसायिक यातायातका माध्यमबाट इराक छाड्न निर्देशन जारी गरेको हो । त्यसबाहेक ती नियोगबाट भिसा सेवा पनि केही समयका लागि स्थगित गरिने बगदादस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

यद्यपि इराकबाट बाहिरिने अमेरिकी कर्मचारीको यकिन तथ्याङ्क भने खुलाइएको छैन । इरान समर्थित लडाकुबाट अमेरिकी नागरिक तथा कर्मचारीमाथि आक्रमण हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै आफ्ना कर्मचारी फिर्ता बोलाइएको अमेरिकी भनाइ छ । केही समययता इरान र अमेरिकाबीच सम्बन्धमा तिक्तता आएपछि मध्यपूर्वमा फेरि अर्को युद्ध हुने जोखिम बढिरहेको बेला पछिल्लो अमेरिकी घोषणा आएको हो ।

यसअघि अमेरिकाले त्यस क्षेत्रमा १ लाख २० हजारको सङ्ख्यामा सेना तैनाथ गर्ने समाचार सार्वजनिक भएको थियो । अमेरिकाले इरानले मध्यपूर्वमा रहेका अमेरिकी फौज तथा अमेरिकी साझेदार मुलुकलाई खतरा पु¥याउन सक्ने भन्दै लडाकु विमान वाहक पानीजहाज तथा बम वर्षक विमा परिचालन गरिसकेको छ । यता इरानले भने अमेरिकाको आक्रमक कदमको कडा जवाफ दिने चेतावनी दिइसकेको छ ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ८ : २९ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग