लगातार सूर्य उदाउने देश, जहाँ घाम झुल्केपछि उज्यालो हुने मान्यता नै हुन्न « Khabarhub

लगातार सूर्य उदाउने देश, जहाँ घाम झुल्केपछि उज्यालो हुने मान्यता नै हुन्न


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एक दिनमा राति कति घण्टा र दिउँसो कति घण्टा हुन्छ भन्ने प्रश्न सोध्यो भने सबैको उत्तर हुन्छ–आधा राति आधा दिउँसो । यो सामान्य कुरा पनि हो । तर यही पृथ्वीमा यस्ता देश छन जहाँ कहिल्यै रात पर्दैन । अझ भनौं कहिल्यै सूर्य अस्ताउँदैन । आखिर कुन हुन त ती देश ?

यस्तो सूर्य नअस्ताउने देशको सूची
१. फिनल्याण्ड : फिनल्याण्ड यस्तो देश हो जहाँ धेरैजसो स्थानमा गर्मीको समयमा सूर्य लगातार ७३ घण्टासम्म उदाँइरहन्छ । यहाँ सूर्य अस्ताएर पनि केही समयमै फेरी उदाँउछ जसले रात र उदाँउदो दिनको भिन्नतालाई नै हराइदिन्छ ।

२. क्यानडा : सूर्य नअस्ताउने देशको सूचीमा क्यानडा पनि पर्छ । विश्वको दोस्रो ठूलो देशले ग्रिष्म ऋतुको ५० दिन जति लगातार सूर्यको प्रकाश देख्छ ।

३. नर्वे : नर्वेमा ग्रिष्म ऋतुमा मध्यरातसम्म पनि सूर्य अस्ताउँदैन । यो देशमा मे महिनाको अन्तिमबाट जुलाईको अन्तिम सम्म करिब ७६ दिन सूर्य २० घन्टा भन्दा बढी उदाउँछ ।

४. स्वीडेन : यो देशमा वर्षमा करिब ६ महिनासम्म लगातार धेरै घाम लागिरहने गर्छ । स्वीडेनमा मे महिनाको शुरुबाट अगस्टको अन्तिमसम्म सूर्य मध्यरातमा अस्ताउँछ र बिहान ४ बजे नै उदाँउछ ।

५. आइसल्यान्ड : युरोपको टापु आइसल्यान्डमा सूर्य मे को सुरुवातदेखि जुलाइसम्म अध्याँरो हुँदैन् किनभने सूर्यजतिखेर पनि आकाशमै हुन्छ ।

६. अलास्का, अमेरिका : अलास्कामा मे महिनाको अन्तिमदेखि जुलाइको अन्तिमसम्म सूर्य अस्ताउँदैन् ।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  ८ : ०७ बजे

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान