जर्मनीको कम्युनिस्ट पार्टीले विप्लवको प्रतिवन्ध फुकाउन भन्दै ओलीलाई लेख्यो पत्र « Khabarhub

जर्मनीको कम्युनिस्ट पार्टीले विप्लवको प्रतिवन्ध फुकाउन भन्दै ओलीलाई लेख्यो पत्र


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको प्रतिबन्ध फुकाउन आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई जर्मनीको कम्युनिस्ट पार्टीले पत्र लेखेको छ ।

सरकारले हिंसात्मक गतिविधि बढाएको भन्दै प्रतिबन्ध लगाएको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिलाई उच्च निगरानीमा राखिरहेका बेला जर्मनीको मार्क्सवादी-लेनिनवादी पार्टी (एमएलडीपी) ले सरकारले लगाएको प्रतिबन्धलाई विरोध गरेको हो ।

एमएलडीपीले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै लेखेको पत्रमा विप्लव नेकपामाथि लगाएको प्रतिवन्ध तत्काल फुकुवा गर्न माग पनि गरेको छ।

एमएलडीपीले प्रधानमन्त्रीलाई ल‍ेखेको पत्रमा भनिएको छ, ‘जर्मनीमा हामीले जर्मन कम्युनिस्ट पार्टी (केपीडी) माथि लगाइएको प्रतिवन्धबाट महत्वपूर्ण अनुभव लिएका छौँ। सन् १९५६मा प्रतिक्रियावादी सरकारबाट हामीमाथि प्रतिवन्ध लगाइएको थियो। यतिबेला नेपालको वामपन्थी सरकारले प्रतिवन्ध लगाएको छ।’

निश्चित रूपमा, नेपालका कम्युनिस्ट पार्टी र वामपन्थी शक्तिहरूका बीचमा धेरै नै सैद्धान्तिक, वैचारिक—राजनीतिक भिन्नता रहेको भन्दै त्यसलाई मिलाएर लैजानुपर्ने उल्लेख गरिएको छ । पत्रमा भनिएको छ, ‘क्रान्तिकारी शक्तिहरूमाथि प्रतिबन्ध लगाउँदा आवश्यकप्रति साम्राज्यवादी सङ्घर्ष र समाजवादी विश्वकालागि गरिएको सङ्घर्षलाई कमजोर बनाउँछ ।’

एमएलडीपीले लेखेको पत्रमा आफूहरुले प्रतिबन्धको अनुभव गरेको र त्यसको असर नराम्रो परेकाले नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध राम्रो नभएको भन्दै यो विषयमा पुनर्विचार गर्न आग्रह गरेको छ ।

प्रधानमन्त्रीको युरोप भ्रमणका बेला जर्मनको कम्युनिस्ट पार्टीले लेखेको पत्रला महत्वका साथ हेरिएको छ ।

पत्र यस्तो छ ।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  १० : ५० बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग