सफताको एकमात्र उपाय सरलता र परिश्रम « Khabarhub

सफताको एकमात्र उपाय सरलता र परिश्रम


३२ जेष्ठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

वैज्ञानिक डा. एपीजे अब्दुल कलाम । एक समयमा भारतका राष्ट्रपति पनि बने । उनको भौतिक शरीर त अहिले छैन तर उनका महान विचार भने अजम्बरी बनेर बसेका छन् । उनलाई प्रेरणादायी व्यक्तिका रुपमासमेत लिइन्छ । यहाँ हामीले उनै कलामका केही प्रेरणादायी भनाईहरु उल्लेख गरेका छौं । जुन तपाईंको जीवनमा पनि उपयोगी बन्न सक्छ ।

– पहिलो पटक भएको जीतमा नै विश्राम नखोज, जब तिमी दोश्रोमा विजय प्राप्त गर्न सक्दैनौ तब हजारौ जिब्रोले पहिलो बिजयलाई भाग्यसँग तुलना गर्छ ।
– कुनैपनि समस्या बिना सफलताको आनन्द लिन नै सकिँदैन त्यसैले समस्या आउनु तिम्रो जीवनमा जरुरी छ ।
– कुनैपनि महामानवहरुका लागि धर्म मित्रताको मार्ग हो तर, साना मान्छेहरु यसलाई नै युद्धको मध्यम बनाउँछन् ।
– आफ्ना छोराछोरीलाई तपाई भरपुर मायाँ दिन सक्नु हुन्छ तर कुनैपनि हालतमा विचार दिन्न सक्नु हुन्न किनभने उनीहरुका आफ्नै विचारका  हुन्छन् ।
– सफलताको एउटा मात्र बाटो भनेको सरलता र परिश्रम हो ।
– तिमी यो कुरामा ढुक्क बन कि कक्षाकोठाको अन्तिम बेन्चमा पनि रास्ट्रका महत्वपुर्ण दिमागहरु हुन सक्छन् ।
– चिकित्सकमा हुने समय, धैर्य र प्रकृतिले सबै प्रकारका समस्या निवारण गर्न सक्छन् ।
– देशलाई भ्रष्टाचार मुक्त बनाउन सक्ने महान ब्यक्ति भनेको बाबु, आमा र शिक्षक हुन् ।
– निन्द्रामा देखिने सपना होइन सपना त ति हुन् जसले तपाईलाई निदाउन नै दिदैन ।
– एउटा कुरा याद गर कम्पनीलाई भन्दा आफ्नो कामलाई माया गरौँ किनकी तपाईको कम्पनीले कतिबेला मायाँ गर्न छोड्छ भन्ने तपाईलाई थाहा नहुन सक्छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७६, शनिबार  ११ : ५४ बजे

भारी हिमपातका कारण डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन

काठमाडौं– डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा भारी हिमपातका कारण ६ जना

जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन

म्याड्रिड– जीवनयापनको बढ्दो खर्च, आवास समस्या, सार्वजनिक सेवाको अवस्था र

२० करोड रुपैयाँ असुली प्रकरणमा साक्षीका रूपमा बलिउड अभिनेत्री नोरा फतेहीलाई बोलाइयो अदालत

काठमाडौं– बलिउड अभिनेत्री नोरा फतेही फेरि एकपटक २० करोड भारतीय

सडक सुरक्षा र ट्राफिक नियम पालनाबारे जनचेतनामूलक कार्यक्रम

काठमाडौं– सडक सुरक्षा अभिवृद्धि, ट्राफिक नियमको प्रभावकारी पालना तथा सुरक्षित

महेन्द्रनगरमा दुई आकाशे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन

धनुषा– जनकपुरधाम–ढल्केवर छ लेन व्यापारिक सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित