असल नियतले ल्याइएको विधेयकमा पुल्ठो झोस्ने काम भयोः मन्त्री बाँस्कोटा « Khabarhub

असल नियतले ल्याइएको विधेयकमा पुल्ठो झोस्ने काम भयोः मन्त्री बाँस्कोटा


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले ल्याएका हरेक विधेयकको नकारात्मक टिप्पणी हुनु राम्रो पक्ष नभएको बताएका छन् । मन्त्री बाँस्कोटाले शनिबार काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ सिपाघाटमा टेलिफोन (पीएसटीएन) एक्सचेञ्ज उद्घाटन गर्दै भने, ‘यहाँ त विधेयक लैजानुभन्दा अघि ‘पुल्ठो’ झोसिन्छ, पुल्ठो झोसेपछि नकारात्मक टिप्पणी फैलिन्छ, जसका कारण समस्या समाधान गर्न कठिन हुन्छ, विषयको चुरोमा जानुभन्दाअघि भ्रामक रुपमा उत्तेजना फैलाउनु राम्रो होइन ।’

मन्त्री बाँस्कोटाले राष्ट्रियसभामा पेश भएको गुठी विधेयक संस्कृति, रीतिरिवाज, धर्म र सामाजिक व्यवहार तथा उत्पादन, स्वामित्व र किसानका अधिकारसँग जोडिएको दुई प्रकृतिका दुई पृथक ढङ्गले छलफलमा लगिने बताए ।

मन्त्री बाँस्कोटाले स्वर्गद्वारीमा जनताले कमाएको झण्डै एक हजार २ सय रोपनी जमिन कि जनताको हुनुपर्ने नभए त्यसको हिसाबकिताब सरकारलाई बुझाउनुपर्ने दाबी गरे । गुठीको समस्या समाधान हुँदा सबैको समस्या समाधान हुने उनको भनाइ थियो । उनले भने, ‘विकास एउटै र एकै खालको हुने हो, बाटो बनाउँदा कम्युनिष्ट र कांग्रेस हिँड्ने छुट्टाछुट्टै लेन हुन्न, संसारमा कही यस्तो उदाहरण छैन ।’मन्त्री बाँस्कोटाले जनतालाई गुठीको समस्यामा अल्झाइरहनु नहुने बताए ।

फरक प्रसङ्गमा आफ्ना बारेमा नकरात्मक टिप्पणी गर्नेलाई आउँदो चुनावमा मैदानमा भिडेर हिसाबकिताब गर्न चुनौती पनि दिए । उनले भने, ‘राजनीति के हो ? केही मान्छेको मुठ्ठीको खेल हो ? राज्यसत्ता जनताको काम गर्नका निम्ति हो, साधारण मोही हकको, किसानको अधिकार सुरक्षित गर्दा, टाउको दुखिहाल्नु पर्ने !’

मन्त्री बाँँस्कोटाले नेपाल टेलिकमका सेवा अन्यभन्दा सुरक्षित भएको बताए । ‘देश विकास, प्रगति तथा सरकारका गतिविधि बुझ्न इन्टरनेट आवश्यक छ’, उनले भने । उनले यो वर्ष उच्चगतिको फोरजी इन्टरनेट सेवाको विस्तार शुरु भएको बताए ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड वायरलेस, ग्राहक सेवा निर्देशनालयका निर्देशक प्रमोद परमारले सिपाघाट टेलिफोन एक्सचेञ्जमा १२८ लाइन तथा इन्टरनेट (एडीएसएल) क्षमता तथा काभ्रेपलाञ्चोकमा फोरजी इन्टरनेट सेवाका लागि ५८ टावर राखिने जानकारी दिए ।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  ५ : ५८ बजे

इरानमाथि अमेरिकी आक्रमण तीव्र, हर्मुज मार्ग नियन्त्रणमा लिने ट्रम्पको दाबी

वासिङ्टन– अमेरिकी सेनाले इरानका विभिन्न सैन्य ठेगानालाई लक्षित गरी लगातार

कुशल भुर्तेलको शतकमा जर्सीविरुद्ध नेपाल ८१ रनले विजयी

काठमाडौँ – कुशल भुर्तेलको शतकीय इनिङ्स र हेमन्त धामीको धारिलो

मंगलबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार ३० गते मंगलबार सन् २०२६

आज २०८३ साल असार ३० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३० गते मंगलबार सन् २०२६