करेन्ट लागेर महिलाको मृत्यु « Khabarhub

करेन्ट लागेर महिलाको मृत्यु


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेको जानकी गाउँपालिका–१ बडैया गाउँमा आज करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

आफ्नै घरमा कुचो लगाउँदै गर्दा २० वर्षीया अनिता गुप्तालाई करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

उनका अनुसार मृतकका बुबाले अटो रिक्सा चार्ज गर्न जोडेका बेलामा आँगनमा कुचो लगाउँदै गरेकी अनितालाई एक्कासी करेन्ट लागेको थियो ।

यसैबीच बाँके राप्ती सोनारीको बिनौना हरिहरपुर जोड्ने पुल निर्माणको कार्यमा संलग्न एक भारतीय मूलको मजदूरको मृत्यु भएको छ ।

शुक्रबार साँझ पुलको पिल्लर बनाउने क्रममा चोट लागेर गम्भीर घाइते भएको भारत पश्चिम बङ्गाल मालदाको १८ वर्षीय मरिउल स्लामको उपचारका क्रममा मृत्यु भएको बाँके प्रहरीले आज जनाएको छ ।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  ८ : ५९ बजे

शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

काठमाडौं– काठमाडौँ महानगरपालिका-­७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा

काठमाडौंको वायु गुणस्तरमा सुधार, हल्चोकबाट यस्तो देखियो उपत्यका (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको वायु गुणस्तरमा सुधार भएको छ । केहीदिन अघिमात्र

ऊर्जा बजारको अस्थिरता कम गर्न आपतकालीन तेल आपूर्ति सुरु हुने

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले

भारतको एक अस्पतालमा आगलागी : दश जनाको मृत्यु

एजेन्सी– पूर्वी भारतको एससीबी अस्पतालको आईसीयूमा आगलागी हुँदा ट्रामा केयर

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

काँक्रेविहार– बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ जना