कुलेखानी ड्याम भरिएपछि खोल्ने तयारी, सतर्क रहन आग्रह « Khabarhub

कुलेखानी ड्याम भरिएपछि खोल्ने तयारी, सतर्क रहन आग्रह


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– कुलेखानी ड्याम भरिए पछि खोल्ने तयारी गरिएको छ ।

ड्याम भरिदाँ खतराको संकेतदेखिएको भन्दै खोल्ने तयारी गरिएको हो ।

निरन्तरको वर्षापछि कुलेखानीमा पानीको सतह निकै बढेको र क्षमताभन्दा बढी पानी जमेपछि खतरा निम्तन सक्ने भन्दै जिल्ला सुरक्षा समिति मकवापनुरको बैठकले ड्याम खोल्ने निर्णय गरेको हो ।

उक्त ड्याम खोल्दा पानीको प्रवाह हुने विभिन्न चार जिल्लामा प्रभाव पार्ने छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन् ।

कुलेखानीको ड्यामको ढोका खोल्दा मकवानपुरको भिमफेदी, इन्द्रसोवर, बागमती गाउँपालिकाका साथै सर्लाही, रौतहट र सिन्धुली जिल्लामा प्रभाव पर्छ ।

विहान ८ बजे कुलेखानी ड्यामको ढोका खोल्ने तयारी गरिएको छ । कुलेखानी ड्यामको क्षमता १ हजार ५ सय ३० मिटर रहेको छ । बिहान ६ बजे सम्ममा १ हजार ५ सय २५ दशमलब ४ मिटर पानी भरीसकेको छ ।

प्रतिघण्टा २ मिटरका दरले पानी बढीरहेको र यसलाई नखोलिए खतरा बढ्ने भएकोले खेल्ने तयारी गरिएको प्रजिअ तामाङले बताए ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ७ : ५७ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट