कुलेखानी ड्याम भरिएपछि खोल्ने तयारी, सतर्क रहन आग्रह « Khabarhub

कुलेखानी ड्याम भरिएपछि खोल्ने तयारी, सतर्क रहन आग्रह


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– कुलेखानी ड्याम भरिए पछि खोल्ने तयारी गरिएको छ ।

ड्याम भरिदाँ खतराको संकेतदेखिएको भन्दै खोल्ने तयारी गरिएको हो ।

निरन्तरको वर्षापछि कुलेखानीमा पानीको सतह निकै बढेको र क्षमताभन्दा बढी पानी जमेपछि खतरा निम्तन सक्ने भन्दै जिल्ला सुरक्षा समिति मकवापनुरको बैठकले ड्याम खोल्ने निर्णय गरेको हो ।

उक्त ड्याम खोल्दा पानीको प्रवाह हुने विभिन्न चार जिल्लामा प्रभाव पार्ने छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन् ।

कुलेखानीको ड्यामको ढोका खोल्दा मकवानपुरको भिमफेदी, इन्द्रसोवर, बागमती गाउँपालिकाका साथै सर्लाही, रौतहट र सिन्धुली जिल्लामा प्रभाव पर्छ ।

विहान ८ बजे कुलेखानी ड्यामको ढोका खोल्ने तयारी गरिएको छ । कुलेखानी ड्यामको क्षमता १ हजार ५ सय ३० मिटर रहेको छ । बिहान ६ बजे सम्ममा १ हजार ५ सय २५ दशमलब ४ मिटर पानी भरीसकेको छ ।

प्रतिघण्टा २ मिटरका दरले पानी बढीरहेको र यसलाई नखोलिए खतरा बढ्ने भएकोले खेल्ने तयारी गरिएको प्रजिअ तामाङले बताए ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ७ : ५७ बजे

आज २०८३ साल कात्तिक ६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष