अमेरिकी सौन्दर्य प्रतियोगितामा नेपाली युवती चन्द उपाधि नजिक, भोट गर्न परिवारको आग्रह « Khabarhub

अमेरिकी सौन्दर्य प्रतियोगितामा नेपाली युवती चन्द उपाधि नजिक, भोट गर्न परिवारको आग्रह


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिङटन डिसी- अमेरिकाको एक सौन्दर्य प्रतियोगितामा नेपाली चेली मिराकल चन्द अग्रपंक्तिमा रहँदै उपाधि नजिक छिन् ।

अमेरिकाको क्यालिफोर्नियामा भइरहेको मिस फिलिपिन्स युएसए २०१९ मा नेपाली चेली मिराकल चन्दले अग्रता लिइरहेकी हुन् । उनलाई मिस फिलिपिन्स युएसएको ताज जिताउन उनका पारिवारले अनलाइन भोटिङका लागि अपिल गरेका छन् ।

उनी बैतडीका कर्ण चन्दकी छोरी हुन् । उनको परिवार हाल अमेरिकामा बस्दै आएका छन् । मिराकलकी आमा फिलिपिन्सकी नागरिक भएको नाताले उनले मिस फिलिपिन्स युएसएमा प्रतिस्पर्धा गर्ने अवसर पाएकी हुन् । अनलाइन भोटिङमा एक जनाले १ दिनमा १ भोट गर्न पाइने नियम छ ।

आगामी जुलाइ २० सम्म प्रत्येक दिन १ भोट गर्न सकिनेछ । भोटिङ जुलाई २० मा समाप्त भएपछि मिस फिलिपिन्स युएसए २०१९ को घोषणा त्यसको भोलिपल्ट जुलाई २१ का दिन हुनेछ ।

मिराकललाई भोट गर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ८ : ३२ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको