फेडेररलाई हराउँदै जोकोभिकले जिते विम्बल्डन टेनिसको उपाधि « Khabarhub

फेडेररलाई हराउँदै जोकोभिकले जिते विम्बल्डन टेनिसको उपाधि


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्बियन स्टार नोभाक जोकोभिकले लगातार दोस्रो बर्ष विम्बल्डन टेनिसको उपाधि जितेका छन् ।

लण्डनमा आइतबार भएको फाइनलमा रोजर फेडेररलाई ऐतिहासिक टाईब्रेकमा पराजित गर्दै जोकोभिक च्याम्पियन बनेका हुन् ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा जोकोभिकले फेडेररलाई ७-६ (७-५), १-६,७-६(७-४) र १३-१२ (७-३) को सेटमा पराजित गरे ।

उपाधि जित्न जोकोभिकले ४ घण्टा ५७ मिनेटको समय लगाए । र, यो विम्बल्डन इतिहासकै सर्वाधिक लामो फाइनल हो ।

योसंगै जोकोभिकले करियरको १६ औं ग्राण्डस्लाम उपाधि जित्न सफल भएका छन् । जोकोभिक सर्वाधिक ग्राण्डस्लाम उपाधि जित्ने तेस्रो खेलाडी हुन् । फेडेररले २० र राफायल नाडालले १८ पटक ग्राण्डस्लाम उपाधि जितेका छन् ।

यस्तै जोकोभिकको यो पाँचौ विम्बल्डन उपाधि हो ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ८ : ४८ बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट