बाढी पहिरोले यी सडक अवरुद्ध, यात्रा गर्दा सचेत हुनुस् « Khabarhub

बाढी पहिरोले यी सडक अवरुद्ध, यात्रा गर्दा सचेत हुनुस्


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाढी पहिरोका कारण धेरैवटा राजमार्ग र सडकहरु अवरुद्ध बनेका छन् । केहि राजमार्ग र सडकलाई प्रहरीले खुलाएपनि पहिरो र बाढी बढ्दा केही राजमार्ग र सडकखण्डको अवरोध यथावत रहेको प्रहरीले जनाएको छ ।

कहाँ कहाँको बाटो अवरुद्ध ?

प्रहरीका अनुसार मुस्ताङ, मनाङ, ओखलढुंगा, ललितपुर, मकवानपुर, सिन्धुली रामेछाप लगायतका जिल्लाका केही सडक खण्ड अवरुद्ध बनेको छ । मुस्ताङको बेनी जोमसोङसडक अवरुद्ध बनेको छ । त्यस्तै मनाङको बेसिशहर मनाङ सडकमा पनि अवरोध रहेको प्रहरीले जनाएको छ ।

ओखलढुंगाको सिद्धिचरण राजमार्गमा बाढीले अवरोध रहेको छ भने ललितपुरको शाित् लोकपथ हेटौडा जाने सडक पहिरोका कारण अवरुद्ध बनेको छ ।

मकवानपुरको फसेल हुँदै काठमाडौं आउने रुट पहिरोका कारण अवरुद्ध बन्दा सिस्नेरी फर्पिङ सडकखण्ड पनि अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै सिन्धुलीको मध्यपहाडी लोकमार्ग अवरुद्ध छ भने रामेछापको मन्थलिबाट काठमाडौं आउने सडक पहिरोका कारण अवरुद्ध रहेको छ ।

प्रहरीका अनुसार भोजपुरमा गजुरमुखी भीरमा पहिरो जाँदा भोजपुर धनकुटा सडकखण्ड अवरुद्ध भएको छ । त्यस्तै रौतहटको गौर सडक खण्ड, महोत्तरीको जलेश्वर सडकखण्ड अवरुद्ध छ ।

पाल्पाको सिद्धबाबा नजिक पहिरो जाँदा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । त्यस्तै कालिकोटमा कर्णाली राजमार्ग अवरोध भएको छ भने महोत्तरीमा पूर्व पश्चिम राजमार्ग पानीको वहाव बढ्न जाँदा अवरुद्ध बनेको छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ९ : २६ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल