कुलेखानी केही समयमा खोल्न शुरु गरिने | Khabarhub Khabarhub

कुलेखानी केही समयमा खोल्न शुरु गरिने


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अत्याधिक पानी परेपछि देशकै सबैभन्दा ठूलो मानव निर्मित ताल भनेर चिनिने कुलेखानी ड्याम इन्द्रसरोवर भरिएर खतराको सङ्केत देखिएपछि ड्यामको ढोका खोलिने भएको छ ।

कुलेखानीको ड्यामको ढोका खोलीने भएकाले मकवानपुरको भिमफेदी, इन्द्रसरोवर, वाग्मती गाउँपालिका, रौतहटको नुनथर, चन्द्रपुर, क्यान्टिन, सर्लाहीको विभिन्न क्षेत्र, सिन्धुलीको हरिहरपुर गढी क्षेत्र आसपासका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ ।

कुलेखानीको पानी कुलेखानी खोला हुँदै वाग्मती खोला भएर बग्ने भएकाले वाग्मती आसपासका नागरिकलाई सचेत रहन आग्रह गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिए ।

पहिलो र दोस्रो गरी ९२ मेगावाट क्षमताको कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवरको ड्याम भरिएपछि पानी बाहिर निकालेर जोखिम कम गर्ने तयारी थालिएको हो ।

मकवानपुरको अन्यत्र वर्षा रोकिए पनि उत्तरी मकवानपुरको थाहा नगर, तथा इन्द्रसरोवर आसपास अत्यधिक पानी परिरहेको कारण कुलेखानीको क्षमताभन्दा बढी पानी भरिएपछि जिल्ला सुरक्षा समिति मकवापनुरको बैठकले इन्द्रसरोवरको ड्याम केही खोलेर भए पनि जोखिम कम गर्ने तयारी थालेको प्रजिअ तामाङले जानकारी दिए ।

कुलेखानीमा क्षमताभन्दा बढी रहेको पानी निकाल्दासमेत विभिन्न चार वटा जिल्लाका नदीनाला आसपासका क्षेत्र जोखिममा पर्ने हुँदा सचेत र सजक रहनसमेत आग्रह गरिएको उनको भनाइ छ । त्यहाँबाट बग्ने पानीले बाढीको खतरा हुने भएकाले सतर्क रहनका लागि आग्रह गरिएको हो । कुलेखानीको क्षमता कूल एक हजार ५३० घनमिटर रहेको छ । बिहान ६ बजेसम्ममा एक हजार ५२५ दशमलव चार घनमिटर पानी भरिइसकेको छ ।

समुद्री सतहबाट ११४ मिटर उचाइमा ड्याम रहेको छ । तीन सय मिटर चौडाइ र सात किलोमिटर लम्बाइको जलाशयमा एक हजार ५३० घनमिटर पानी अट्ने क्षमता छ । ड्याम ३७ वर्षअघि निर्माण गरिएको हो ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  १० : ०० बजे

रौतहटमा मेला उद्घाटन गर्ने विषयमा विवाद हुँदा झडप, पाँचजना घाइते

रौतहट – रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयलाई लिएर

विप्लव भन्छन् : युवामा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाउँदैछन्

कर्णाली – नेपाल कम्युनिष्ट पाटीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले युवा

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

इलाम –इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् ।

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर

तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौं : मुख्यमन्त्री पाण्डे

तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना