वैदेशिक रोजगारीबाट फर्किर स्वदेशमा व्यवसाय गर्दै आएकालाई मन्त्री विष्टले गरे सम्मान « Khabarhub

वैदेशिक रोजगारीबाट फर्किर स्वदेशमा व्यवसाय गर्दै आएकालाई मन्त्री विष्टले गरे सम्मान


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले बैदेशिक रोजगारमा रहेका नेपाली नागरिकको अधिकार र सुरक्षाको लागि कसैसँग न झुक्ने बताएका छन् ।

आइतबार मन्त्रलयमा वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै व्यवसाय गर्दै आएका युवा उद्यमीहरुलाई सम्मान गर्न आयोजित कार्यक्रममा मन्त्री बिष्टले नेपाली नागरिकको अधिकार रक्षाको लागि सरकार अडिग रहने बताए ।

मन्त्री बिष्टले केहि व्यक्तिले आफ्नो स्वार्थको लागि गर्ने कार्यलाई निरुत्साही बनाउदै अरु देश सँग श्रम सम्झौता गर्दा नेपाली श्रमिकको हक अधिकार स्थापित हुने गरि अडान राखिने बताए ।

कार्यक्रममा मन्त्री बिष्टले बैदेशिक रोजगारीलाई कम गर्दै नेपालमा भएको सम्भावना उपयोग गर्न पनि आग्रह गरे । नेपालमा भएको सम्भावनालाई उपयोग गर्न सके समाज बिकाश र देशको परिवर्तनमा महत्वपूर्ण भूबताए ।

कार्यक्रममा मन्त्रालयले ६ जना उद्यमीहरुलाई सम्मान गरेको थियो । सम्मानित भएका मध्य एकजना उत्कृष्ट राष्ट्रिय उद्यमी र अरु ५ जना उद्यमी पुरस्कारबाट सम्मानित भएका हुन् ।

सम्मानित हुनुभएका उद्यमीहरु दीपक चापागाईँ, मनोजकुमार भारती र त्रिलोक पनेरु दक्षिण कोरियाबाट फर्कनु भएको हो ।

यस्तै शर्मिला अधिकारी र निरबहादुर रावत यूएईबाट फर्किएका हुन् भने एकबहादुर सिङताङ मलेसिया र नवराज पौड्याल दुबईबाट फकिएका हुन् ।सम्मानित सबैले आफ्नो उद्योगमा १५ जना देखि ५० जना सम्मलाई रोजगारी दिएका छन् ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  १० : ०४ बजे

रास्वपाको बलियो सरकारसँग कलाकर्मीको अपेक्षा, ‘चलचित्र बोर्डलाई स्वायत्त बनाइयोस्’

काठमाडौं- आफ्नो घोषणा पत्रमा ‘फिल्म क्षेत्र’ भन्ने शब्द नै नराखेको

पश्चिम एसिया संकट : उद्धार उडान आज पनि

काठमाडौं– सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा

स्वर्णिम वाग्लेको चुनाव खर्च २५ लाख ९० हजार

काठमाडौं– प्रतिनिधि सभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट

पूर्वप्रधानमन्त्री ओलीलाई पितृ शोक

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर

कञ्चनपुर– बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम पनि