एउटा परेवाको मूल्य साढे १५ करोड ! « Khabarhub

एउटा परेवाको मूल्य साढे १५ करोड !


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटा परेवाको मूल्य १५ करोड रुपैयाँ पर्छ भन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ तर, वास्तविकता यस्तै छ ।

हुन त हाम्रो टोलछिमेकमा पनि परेवा बेच्ने चलन छ । सामान्यतया एकजोडी परेवाको ५ सय देखि १ हजार रुपैयाँ सम्म किनबेच हुन्छ । तर, युरोपको बेल्जियममा एउटै परेवाको मूल्य साढे १५ करोड रुपैयाँभन्दा बढी परेको छ ।

बीबीसीको समाचार अनुसार, अर्मान्डो नाम दिईएको एउटा परेवा १.२५ मिलियन यूरो अर्थात नेपाली रुपैयाँ १५ करोड, ५६ लाख ३० हजार ५६२ मा लिलामी भएको छ । तर, त्यो परेवा भने कुनै साधारण प्रकारको होइन होइन । त्यसले उडान प्रतियोगितामा सबैभन्दा उत्कृष्ट परेवाको उपमा पाएको थियो ।

त्यसलाई ‘परेवाहरुको लुइस हेमिल्टन’ पनि भनिदै आएको छ । हुन साढे १५ करोड मुल्य पर्ने परेवा त्यो मात्र पनि होइन, यसअघि पनि एउटा परेवा १५ करोड ५३ लाख ६० हजार रुपैयाँ लिलामी भएको रेकर्ड थियो । अहिलेको अर्मान्डो परेवाले त्यो रेकर्ड तोडेपछि यसको चर्चा भएको हो ।
त्यो परेवा २०१८ को ऐस पिजन च्याम्पिनशिप, २०१९ को पिजन ओलम्पियाड र अंगुलेममा अर्मान्डो पहिलो भएको थियो । अर्मान्डो अहिले ५ वर्षको भयो ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ११ : ०६ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको