एउटा परेवाको मूल्य साढे १५ करोड ! « Khabarhub

एउटा परेवाको मूल्य साढे १५ करोड !


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटा परेवाको मूल्य १५ करोड रुपैयाँ पर्छ भन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ तर, वास्तविकता यस्तै छ ।

हुन त हाम्रो टोलछिमेकमा पनि परेवा बेच्ने चलन छ । सामान्यतया एकजोडी परेवाको ५ सय देखि १ हजार रुपैयाँ सम्म किनबेच हुन्छ । तर, युरोपको बेल्जियममा एउटै परेवाको मूल्य साढे १५ करोड रुपैयाँभन्दा बढी परेको छ ।

बीबीसीको समाचार अनुसार, अर्मान्डो नाम दिईएको एउटा परेवा १.२५ मिलियन यूरो अर्थात नेपाली रुपैयाँ १५ करोड, ५६ लाख ३० हजार ५६२ मा लिलामी भएको छ । तर, त्यो परेवा भने कुनै साधारण प्रकारको होइन होइन । त्यसले उडान प्रतियोगितामा सबैभन्दा उत्कृष्ट परेवाको उपमा पाएको थियो ।

त्यसलाई ‘परेवाहरुको लुइस हेमिल्टन’ पनि भनिदै आएको छ । हुन साढे १५ करोड मुल्य पर्ने परेवा त्यो मात्र पनि होइन, यसअघि पनि एउटा परेवा १५ करोड ५३ लाख ६० हजार रुपैयाँ लिलामी भएको रेकर्ड थियो । अहिलेको अर्मान्डो परेवाले त्यो रेकर्ड तोडेपछि यसको चर्चा भएको हो ।
त्यो परेवा २०१८ को ऐस पिजन च्याम्पिनशिप, २०१९ को पिजन ओलम्पियाड र अंगुलेममा अर्मान्डो पहिलो भएको थियो । अर्मान्डो अहिले ५ वर्षको भयो ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ११ : ०६ बजे

रास्वपाको बलियो सरकारसँग कलाकर्मीको अपेक्षा, ‘चलचित्र बोर्डलाई स्वायत्त बनाइयोस्’

काठमाडौं- आफ्नो घोषणा पत्रमा ‘फिल्म क्षेत्र’ भन्ने शब्द नै नराखेको

पश्चिम एसिया संकट : उद्धार उडान आज पनि

काठमाडौं– सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा

स्वर्णिम वाग्लेको चुनाव खर्च २५ लाख ९० हजार

काठमाडौं– प्रतिनिधि सभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट

पूर्वप्रधानमन्त्री ओलीलाई पितृ शोक

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर

कञ्चनपुर– बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम पनि