बाढी पछिको राहत र उद्दारको कामबारे कांग्रेसले अनुगमन गर्ने « Khabarhub

बाढी पछिको राहत र उद्दारको कामबारे कांग्रेसले अनुगमन गर्ने


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी तथा पहिरोपछिको राहत तथा उद्दार र पुनस्र्थापनाका सन्भर्दमा सरकारले गरेको कामको अनुगमन गर्ने भएको छ । कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री देउवाले एक विज्ञप्ती जारी गर्दै प्रमुख प्रतिपक्षी दलको नाताले बाढी र पहिरोपछिको राहत तथा उद्दार र पुनस्र्थापनाका सन्भर्दमा सरकारले गरेको कामको अनुगमन गर्ने जनाएका हुन् ।

सभापति देउवाले मुलुकभर बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पार्टीका सबै सदस्य र शुभचिन्तकहरुलाई उद्धार र राहतमा सहभागी हुन आग्रह समेत गरेका छन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै देउवाले पार्टीका सबै सदस्यलाई उद्धार र राहतमा सहभागी हुन आग्रह गरेका हुन् । देउवाले नेपाल सरकारलाई पनि प्रभावित क्षेत्रमा प्रभावकारी ढङ्गले कार्य गर्न आग्रह गरेका छन् ।

‘प्राकृतिक विपत्तिको यो घडी जारी केन्द्रीय कार्यसमितिको बैठक स्थगन गरेर सम्पूर्णरूपले उद्धार र राहतमा समर्पित हुने निर्णय हामीले गरेका छौँ । विपत्तिको समय आन्तरिक राजनैतिक विषय हुन् या राष्ट्रिय राजनीतिका अन्य मुद्दा, सबैखाले राजनैतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर पीडामा परेका दिदीबहिनी–दाजुभाइको सेवामा समर्पित हुनु हामी सबैको परम कर्तव्य हो’, देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  १२ : १० बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल