कारागार डुवानमा पर्दा कैदीबन्दीको बिचल्ली « Khabarhub

कारागार डुवानमा पर्दा कैदीबन्दीको बिचल्ली


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– हप्तादिनदेखिको जारी वर्षासँगै महोत्तरी कारागार जलमग्न भएपछि कैदीबन्दीको बिचल्ली भएको छ । लगातार परेको पानीसँगै कारागार डुबानमा परेपछि कैदीबन्दी खाना समेत राम्ररी पकाएर खान पाएका छैनन् ।

जिल्ला सदरमुकाम जलेश्वरको गहिरो ठाउँमा रहेको कारागारमा परेको पानी र बाहिरबाट बगेर आएको पानी निकास नहुँदा जलमग्न भएको हो । कारागार परिसर जलमग्न भएपछि कैदी/थुनुवालाई खान, बस्न र सुत्न निकै कठिनाइ भएको छ ।

१९१३ सालमा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले १ सय ३५ जनासम्म कैदीबन्दी राख्न मिल्न गरी बनाएको कारागारमा अहिले ५ सय २८ जना कैदीबन्दी छन् । कारागार भुइँतल्लामा पाँच फिट पानी भरिएपछि सबै कैदीबन्दीलाई छैटौं तल्लामा सारिएको छ । माथि खाँदिएर बस्नुपर्दा निकै असहज भएको कैदीबन्दीको दुखेसो छ ।

कारागारका पुरुष र महिलाका २ छुट्टाछुट्टै कक्षमध्ये पुरुष कक्षमा अहिले ४ सय ७२ र महिलाकक्षमा ३ आश्रित बालबालिकासहित ४६ गरी कूल ५ सय २८ कैदीबन्दी छन् । क्षमताभन्दा बढी कैदीबन्दी न्यायिक निकायले पठाएपछि उनीहरुको व्यवस्थापनमा असजिलो हुँदै आएको कारागार प्रशासनले जनाएको छ ।

महोत्तरी र धनुषाको संयुक्त कारागार रहँदै आएको यहाँ धनुषाकै कैदीबन्दी बढी छन् । १ सय ६३ वर्ष पुरानो कारागार भवनले त्यसयता राम्ररी मर्मतसम्भार नपाउँदा छत तथा भित्ताका इँट्टा र सिमेन्टका टुक्रा झरिरहेर बसाइ सधैँ डरमर्दो हुने गरेको कैदीबन्दी बताउँछन् । कारागारमा शौचालय र खानेपानीका धारा ४/४ वटा मात्र सञ्चालनमा रहँदा दिसापिसाब गर्न र नुहाइधुवाई लागि घण्टौँ पालो पर्खनुपर्ने अवस्था रहेको कैदीबन्दीको गुनासो छ । सरसफाइ राम्रो हुन नसक्दा धेरैजसो कैदी/थुनुवालाई छाला चिलाउने समस्या रहेको उनीहरुको भनाइ छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  १२ : २८ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६