यी बाटोमा यात्रा गर्दै हुनुहुन्छ ? बाढीपहिरोले बाटो अवरुद्ध छ फस्नुहोला « Khabarhub

यी बाटोमा यात्रा गर्दै हुनुहुन्छ ? बाढीपहिरोले बाटो अवरुद्ध छ फस्नुहोला


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाढी पहिरोका कारण राजमार्गहरु अवरुद्ध भएका छन् । केही राजमार्गको अवरोध खुलाएपनि पुन बाढी र पहिरोका कारण अवरुद्ध भएका छन् ।

कहाँ कहाँको बाटो अवरुद्ध ?

प्रहरीका अनुसार मुस्ताङ, मनाङ, ओखलढुंगा, ललितपुर, मकवानपुर, सिन्धुली रामेछाप लगायतका जिल्लाका केही सडक खण्ड अवरुद्ध बनेको छ । मुस्ताङको बेनी जोमसोङसडक अवरुद्ध बनेको छ । त्यस्तै मनाङको बेसिशहर मनाङ सडकमा पनि अवरोध रहेको प्रहरीले जनाएको छ ।

ओखलढुंगाको सिद्धिचरण राजमार्गमा बाढीले अवरोध रहेको छ भने ललितपुरको शाित् लोकपथ हेटौडा जाने सडक पहिरोका कारण अवरुद्ध बनेको छ ।

मकवानपुरको फसेल हुँदै काठमाडौं आउने रुट पहिरोका कारण अवरुद्ध बन्दा सिस्नेरी फर्पिङ सडकखण्ड पनि अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै सिन्धुलीको मध्यपहाडी लोकमार्ग अवरुद्ध छ भने रामेछापको मन्थलिबाट काठमाडौं आउने सडक पहिरोका कारण अवरुद्ध रहेको छ ।

प्रहरीका अनुसार भोजपुरमा गजुरमुखी भीरमा पहिरो जाँदा भोजपुर धनकुटा सडकखण्ड अवरुद्ध भएको छ । त्यस्तै रौतहटको गौर सडक खण्ड, महोत्तरीको जलेश्वर सडकखण्ड अवरुद्ध छ ।

पाल्पाको सिद्धबाबा नजिक पहिरो जाँदा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । त्यस्तै कालिकोटमा कर्णाली राजमार्ग अवरोध भएको छ भने महोत्तरीमा पूर्व पश्चिम राजमार्ग पानीको वहाव बढ्न जाँदा अवरुद्ध बनेको छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  १२ : ५६ बजे

रास्वपाको बलियो सरकारसँग कलाकर्मीको अपेक्षा, ‘चलचित्र बोर्डलाई स्वायत्त बनाइयोस्’

काठमाडौं- आफ्नो घोषणा पत्रमा ‘फिल्म क्षेत्र’ भन्ने शब्द नै नराखेको

पश्चिम एसिया संकट : उद्धार उडान आज पनि

काठमाडौं– सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा

स्वर्णिम वाग्लेको चुनाव खर्च २५ लाख ९० हजार

काठमाडौं– प्रतिनिधि सभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट

पूर्वप्रधानमन्त्री ओलीलाई पितृ शोक

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर

कञ्चनपुर– बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम पनि