सोमबार बस्ने भनिएको संसद बैठक सूचना टाँस गरेर स्थगित « Khabarhub

सोमबार बस्ने भनिएको संसद बैठक सूचना टाँस गरेर स्थगित


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ ।

अबिरल वर्षासँगै देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुवानबाट भएको जनधनको क्षतिलाई दृष्टिगत गर्दै संसद वैठक स्थगित गरिएको जनाएको छ ।

प्राकृति विपत्तिमा परि मृत्यु हुनेहरुका परिवारमा सान्त्वना लगायत अन्य आवश्यक सहयोग पुर्‍याउन, वेपत्ता परिवारको खोजी, उद्दार र राहतमा आवश्यक सहयोग, समन्वय एवं अनुगमन समेत गर्न सांसदहरुलाई आ–आफ्नो निर्वाचन क्षेत्र तथा जिल्लामा जान समय दिनुपर्ने भएकाले सोमबार बैठक स्थगित गरिएको संघीय संसदमा महासचिव मनोहरप्रसाद भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

संसदको अर्को वैठक आगामी साउन ८ गते (बुधबार) दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  १ : २५ बजे

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि