सोमबार बस्ने भनिएको संसद बैठक सूचना टाँस गरेर स्थगित « Khabarhub

सोमबार बस्ने भनिएको संसद बैठक सूचना टाँस गरेर स्थगित


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ ।

अबिरल वर्षासँगै देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुवानबाट भएको जनधनको क्षतिलाई दृष्टिगत गर्दै संसद वैठक स्थगित गरिएको जनाएको छ ।

प्राकृति विपत्तिमा परि मृत्यु हुनेहरुका परिवारमा सान्त्वना लगायत अन्य आवश्यक सहयोग पुर्‍याउन, वेपत्ता परिवारको खोजी, उद्दार र राहतमा आवश्यक सहयोग, समन्वय एवं अनुगमन समेत गर्न सांसदहरुलाई आ–आफ्नो निर्वाचन क्षेत्र तथा जिल्लामा जान समय दिनुपर्ने भएकाले सोमबार बैठक स्थगित गरिएको संघीय संसदमा महासचिव मनोहरप्रसाद भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

संसदको अर्को वैठक आगामी साउन ८ गते (बुधबार) दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  १ : २५ बजे

रास्वपाको बलियो सरकारसँग कलाकर्मीको अपेक्षा, ‘चलचित्र बोर्डलाई स्वायत्त बनाइयोस्’

काठमाडौं- आफ्नो घोषणा पत्रमा ‘फिल्म क्षेत्र’ भन्ने शब्द नै नराखेको

पश्चिम एसिया संकट : उद्धार उडान आज पनि

काठमाडौं– सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा

स्वर्णिम वाग्लेको चुनाव खर्च २५ लाख ९० हजार

काठमाडौं– प्रतिनिधि सभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट

पूर्वप्रधानमन्त्री ओलीलाई पितृ शोक

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर

कञ्चनपुर– बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम पनि