बाढी र पहिरोको कहर- ६७ जनाको मृत्यु, ३२ अझै बेपत्ता « Khabarhub

बाढी र पहिरोको कहर- ६७ जनाको मृत्यु, ३२ अझै बेपत्ता


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– लगातारको वर्षासँगैको बाढी र पहिरोका कारण देशका विभिन्न ठाउँमा गरी सोमबार दिउँसोसम्म ६७ जनाको मृत्यु भएको छ ।

बाढी र पहिरोका कारण ४३ जना घाइते भएका छन् भने ३२ जना अझै बेपत्ता छन् ।

नेपाल प्रहरीको केन्द्रीय कार्यालयका अनुसार बाढी र पहिरोका कारण काठमाडौंमा ३ जना, मकवानपुरमा ६ जना, ललितपुर, रौतहट र भोजपुरमा ५–५ जना, ओखलढुंगा, सिराहा र सिन्धुलीमा ४–४ जना, खोटाङ, धनुषा र काभ्रेमा ३–३ जना, झापा, उदयपुर, पर्सा, बारा, महोत्तरी, धादिङ र डोल्पामा २–२ जनाको मृत्यु भएको छ ।

यस्तै, इलाम, पाँचथर, मोरङ, सुनसरी, रामेछाप, चितवन, पाल्पा र दाङमा १–१ जना गरी कूल ६७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बाढी पहिरोमा परेका काठमाडौंमा २ सय ८५ जना, ललितपुरमा ६१ जना, उदयपुर १० जना, रौतहटमा २ सय जना, महोत्तरीमा ५ सय जना, सिराहामा २ जना, सर्लाहीमा १ सय जना, सप्तरीमा २५ जना, सिन्धुलीमा ७० जना, धादिङमा १७ जना, चितवन १ सय ७० जना तथा भक्तपुर, सुनसरी, मकवानपुर, खोटाङ र डोल्पामा १–१ जना गरी १ हजार ४ सय ४५ को उद्दार गरिएको प्रहरीले जनाएको छ ।

बाढी पहिरोमा परी अझै पनि डोल्पामा ९ जना, सिन्धुलीमा ४ जना, इलाम र मोरङमा ३–३ जना, महोत्तरी र मकवानपुरमा २–२ जना तथा काठमाडौं, ललितपुर, झापा, सुनसरी, पर्सा, रौतहट, धनुषा, धादिङ र दाङमा १–१ जना गरी ३२ जना वेपत्ता छन् ।

बाढी र पहिरोका कारण धनकुटामा ८ जना, मकवानपुरमा ५ जना, ललितपुर र सिराहामा ३–३ जना, झापा, भोजपुर, सुनसरी, महोत्तरी, काभ्रे र सिन्धुलीमा २–२ जना तथा काठमाडौं, भक्तपुर, खोटाङ, उदयपुर, रामेछाप, धादिङ, दोलखा र चितवन १–१ जना लगायत गरी ४३ जना घाइते भएका छन् ।

पहिरो तथा बाढीको कारण बन्द भएकामध्ये केही ठाउँका सडक तथा बाटोहरु खुलाइएको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय समेतको पहलमा बाढीबाट अवरुद्ध भएका सडक तथा बाटो खुलाइएको छ ।

यद्यपि धेरै ठाउँमा अहिले पनि बाढी र पहिरोका कारण बोटो तथा सडकहरुमा अवरोध पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार महोत्तरी वर्दिवासअन्तर्गत पूर्व पश्चिम राजमार्गमा रहेको भप्सी खोलामा डाईभर्सन गरेको बाटो पानीको बहाब बढ्न गई सोमबार बिहानबाट अवरोध भएको छ । साथै ललितपुर, मकवानपुर, रामेछाप, मुस्ताङ, मनाङ, ओखलढुङगा, भोजपुर, रौतहट, महोत्तरी, पाल्पा, कालिकोट लगायतका स्थानमा भएको बाटो अवरोध हटाउने कार्य जारी रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  १ : ५६ बजे

नेपालमा तय तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब अनलाइन माध्यमबाट हुने

काठमाडौं– नेपालमा आयोजना गर्न लागिएको तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब

‘कांग्रेसले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्छ’

जनकपुरधाम- नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान राजनीतिक

भक्तपुरमा ७ हजार रुपैयाँमा ग्यास बेच्ने किराना पसल सञ्चालक पक्राउ

भक्तपुर– भक्तपुरमा खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा प्रहरीले

वामपन्थीहरुलाई एकै ठाउँमा ल्याउने प्रयासमा छौँ : वर्षमान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’

जुम्लामा ४८ करोड राजस्व संकलन

जुम्ला– आन्तरिक राजस्व कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२-८३ मा