प्राविधिक गड्बडीका कारण भारतको चन्द्रयान–२ को प्रक्षेपण स्थगित « Khabarhub

प्राविधिक गड्बडीका कारण भारतको चन्द्रयान–२ को प्रक्षेपण स्थगित


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– प्राविधिक गड्बडीको कारण देखाउँदै भारतले प्रक्षेपण गर्न लागेको चन्द्र अभियान चन्द्रयान–२ स्थगित गरिएको छ ।

दक्षिणी भारतको आन्ध्र प्रदेशस्थित श्रीहरिकोटा अन्तरिक्ष केन्द्रबाट सोमबार सबेरै प्रक्षेपण गर्ने तय भएको चन्द्रयान–२ अभियान स्थगित गरिएको हो । चन्द्रयान–२ प्रक्षेपण गर्नुभन्दा ५६ मिनेट अगावै अभियान स्थगन गरिएको जनाइएको छ ।

स्थानीय समयअनुसार बिहान २ बजेर ५१ मिनेटमा चन्द्रयान प्रक्षेपण हुने बताइएपनि १ बजेर ४५ मिनेटमा अभियान स्थगनको घोषणा गरिएको हो । चन्द्र अभियानमा प्रयोग भएको अन्तरिक्ष यानमा प्राविधिक गड्बडी रहेको पत्ता लागेपछि प्रक्षेपण स्थगन गरिएको जनाइएको छ । भारतको अन्तरिक्षसम्बन्धी अनुसन्धान संगठन इसरोले अभियान प्रक्षेपणको नयाँ मिति चाँडै घोषणा गरिने बताएको छ ।

यो अभियानले चन्द्रमाको दक्षिणी ध्रुवमा गई त्यहाँको खनिजबारे अनुसन्धान गर्ने बताइएको थियो । चन्द्रमाको दक्षिणी ध्रुवमा १ अर्ब वर्ष पुराना चट्टानहरु रहेको र ती चट्टानलाई आणविक उर्जाको श्रोतको रुपमा प्रयोग गर्न सकिनेबारे अध्ययन केन्द्रित हुने अभियानको उद्देश्य थियो ।

यो अभियान सफल भए भारत चन्द्रमामा सफलतापूर्वक अवतरण गर्ने विश्वको चौथो मुलुक बन्ने छ । यसअघि रुस, अमेरिका र चीनले मात्रै चन्द्रमामा आफ्ना अभियानको सफल अवतरण गरेका थिए ।

केही समय अघिमात्रै इजरायलको चन्द्र अभियानको अवतरण प्रयास असफल भएको थियो । भारतले यसअघि सन् २००८ मा चन्द्रयान–१ नामक आफ्नो पहिलो चन्द्र अभियान प्रक्षेपण गरेको थियो ।

चन्द्रमाको परिक्रमा गरी अनुसन्धान गर्ने गरी प्रक्षेपण गरिएको उक्त अभियानसँग ग्राउण्ड स्टेशनको सम्पर्क ३ सय १२ दिन पछि टुटेको थियो ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ३ : २४ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय