सन् २०२३ मा १३‌औँ स‍ंस्करणको विश्वकप आयोजना गर्ने जिम्मा भारतलाई | Khabarhub Khabarhub

सन् २०२३ मा १३‌औँ स‍ंस्करणको विश्वकप आयोजना गर्ने जिम्मा भारतलाई


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी क्रिकेट विश्वकपको १३ औं संस्करण भारतमा हुने भएको छ । आगामी संस्करण सन् २०२३ को ९ फेब्रअरीदेखि मार्च २६ सम्म आयोजना गर्ने गरि आईसीसीले मिति तय गरेको छ ।

चौथो पटक विश्वकप आयोजनाको जिम्मा पाएको भारतले यसअघिका तीन संस्करणमा पाकिस्तान, श्रीलंका र बंगलादेशसँग मिलेर संयुक्त रुपमा आयोजना गरेको थियो ।

जसमा भारतले सन् १९८७ को विश्वकपमा पाकिस्तानसँग मिलेर आयोजना गरेको थियो भने १९९६ मा पाकिस्तान र श्रीलंकासँग मिलेर आयोजना गरेको थियो । यस्तै सन् २०११ मा बंगलादेश र श्रीलंकासँग संयुक्त रुपमा आयोजना गरेको थियो ।

आगामी विश्वकप भने पहिलो पटक भारतले एक्लै आयोजना गर्न लागेको छ । भारतले सन् १९८३ र २०११ मा विश्वकपको उपाधि उचालेको थियो ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ६ : ०० बजे

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने

मनसुनजन्य विपद् : विगतमा के भयो, के सिकियो ?

काठमाडौं– नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र