हकप्रद शेयर निष्काशनमा लगानीकर्ताले हकभन्दा बढी आवेदन दिन सक्ने « Khabarhub

हकप्रद शेयर निष्काशनमा लगानीकर्ताले हकभन्दा बढी आवेदन दिन सक्ने


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्षबाट हकप्रद शेयर निष्काशनमा लगानीकर्ताले आफ्नो हकभन्दा बढी आवेदन दिन सक्ने व्यवस्था गर्ने भएको छ ।

बोर्डले सोमबार काठमाडौंमा सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा हकप्रद शेयर निष्काशनमा लगानीकर्ताले आफ्नो हकभन्दा बढी आवेदन दिन सक्ने व्यवस्था गर्ने उल्लेख गरिएको हो ।

लगानीकर्ताहरुको हकलाई ध्यानमा राखेर यस्तो प्रावधान राखेर अघि बढ्ने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरिएको बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले जानकारी दिए । त्यसैगरी बोर्डले गत आर्थिक वर्षबाट सुरु भएको ‘एक नेपालीः एक डिम्याट खाता’ सम्बन्धी नीतिलाई पनि प्रभावकारी बनाउने कार्यक्रम तय गरेको छ ।

बोर्डका अध्यक्ष कार्कीले ५० करोड वा सो भन्दा माथिका र एक अर्ब वा सो भन्दा बढीको पूँजीमा स्थापित उत्पादनमूलक कम्पनीहरुलाई धितोपत्र बजारमा भित्र्याउन सहजीकरण गर्ने योजना पनि अघि सारेको छ ।

बोर्डले समष्टिगत बजार सुधार तथा विकास नीति अन्तरगत धितो पत्रको दोस्रो बजारमा सूचना प्रवाहलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन थप डिस्कोल्जरको व्यवस्था गर्ने पनि जनाएको छ ।

पूँजी बजारको गतिशील विकासमा सहयोग पुर्‍याउने उद्देश्यले स्थापित नागरिक लगानी कोषलगायतका विशेष ऐनद्वारा स्थापित यस्तै प्रकृतिका संस्थाहरुलाई सहायक कम्पनी स्थापना गरी संस्थागत लगानीकर्ताको रुपमा तथा धितोपत्र डिलर कारोबारको सुरुवात गराउन आवश्यक सहजीकरण गर्ने पनि बोर्डको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ६ : ४१ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।