संसद् स्थगनबारे सत्तापक्ष र प्रतिपक्ष आरोप प्रत्यारोपमा « Khabarhub

संसद् स्थगनबारे सत्तापक्ष र प्रतिपक्ष आरोप प्रत्यारोपमा


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद प्रतिनिधिसभाको बैठक स्थगितको विषयलाई लिएर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच आरोप प्रत्यारोप शुरु भएको छ ।

सत्तारुढ दल नेकपाले प्रतिनिधिमुलक संस्था संसदलाई बद्नाम गर्ने र अलोकप्रियता श्रृजना गरि सिंगो व्यवस्थामाथि नै गम्भीर प्रश्न खडा गर्ने काम प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको दाबी गरेको छ । यता कांग्रेसले मुलुक नै विपत्तिमा परेका बेला बाढी र डुबान बारे छलफल गरौं भन्दै आफुहरुले राखेको बैठक स्थगनको प्रस्तावलाई सत्तारुढ दलले सदनमा प्रवेश गर्न नदिएको आरोप लगाएको छ ।

सोमबार अपरान्ह १ बजेका लागि बोलाईएको बैठक सूचना टाँसेर स्थगित भएपछि संघीय संसद भवन नयाँ वानेश्वरमा प्रतिक्रिया दिदै नेकपाका सांसद योगेश भट्टराईले संसदको अलोकप्रियता श्रृजना गरि व्यवस्था माथि नै गम्भीर प्रश्न खडा गर्ने गल्ती कांग्रेसले गरेको दाबी गरे । उनले बाढी र डुबानको विपतमा मुलुक परिरहेका बेला सरकारलाई आवश्यक निर्देशन र ध्यानाकर्षण गराउनुको सट्टा कांग्रेसले संसद बन्द गरेर जनताको ध्यान संसदभन्दा अन्यत्र मोड्न खोजेको टिप्पणी गरे ।

उनले भने “संसदमा छलफल गरेर सरकारलाई उद्धार , राहत, डुबान खोल्न भारतसँग पहल कदमी गर्नका निम्ति ध्यानाकर्षण गराउनुपर्ने जस्तो बेला संसद बन्द गरेर जनताको ध्यान संसद भन्दा अन्यत्र मोड्ने काम भएको छ । प्रतिनिधिमुलक संस्थालाई बद्नाम गर्ने, त्यसलाई चल्न नदिने, संसदको अलोकप्रियता श्रृजना गर्ने र व्यवस्था माथि नै गम्भीर प्रश्न खडा गर्ने जस्ता गल्ती भएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत त्यही व्यवहारलाई आज पनि निरन्तरता दिएको छ ।”

प्रतिपक्षी दल नेपाली कांग्रेसले भने संसदीय छानविन समिति गठनको माग गर्दे जारी राखिएको संसद अवरोध खोलेर बाढी र डुबानका विषयमा छलफल गरौ भनी राखेको स्थगनको प्रस्तावलाई सत्तारुढ दलले संसदमा प्रवेश गर्न नदिएको आरोप लगाएको छ । प्रमुख सचेतक बालकृष्ण खाँडले बाढी पहिरोको विषयमा सदनमा छलफल गर्न सभामुख सैद्धान्तिक रुपमा तयार भए पनि सत्तापक्ष तयार नभएकाले बैठक अवरुद्ध भएको दाबी गरे । उनले सत्तापक्ष मुलुकको विषम परिस्थितिप्रति गम्भीर र उत्तरदायी नभएको टिप्पणी गरे ।

उनले भने “सत्तापक्ष गम्भीर छैन । जनताप्रति उत्तरदायी छैन । जनताका समस्यालाई गम्भीरतापूर्वक सम्बोधन गर्न चाहदैन । र मुलुकका कुनै पनि समस्यालाई सम्बोधन गर्ने क्रममा सबै राजनीतिक शत्तिःहरु र मुलुकका शक्तिहरु एकढिक्का भएर अगाडि बढोस् भन्ने चाहदैनन् । सत्तापक्षी एक्लै हिड्न चाहन्छ ।”

नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले भने प्रतिपक्षी दलको स्थगन प्रस्ताव र बैठक स्थगित हुनुको कारण बारे आफुलाई जानकारी नभएको बताए । राजपाका सांसद लक्ष्मणलाल कर्णले स्थगन प्रस्ताव दर्ता गरेर बैठकका लागि आउदै गर्दा बैठक स्थगित भएको बताए । कांग्रेसको प्रस्तावमा सत्तारुढ दलको असहमति भएपछि सचिवालयले बाढी र डुबानको कारण देखाउँदै सोमबारको बैठक सूचना टाँसेर साउन ८ गते सम्मका लागि स्थगित भएको जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ७ : ०५ बजे

लखनउमाथि मुम्बईको रोमाञ्चक जित : २२९ रनको लक्ष्य १८.४ ओभरमै पूरा

काठमाडौँ – मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ४७औँ

विश्वकप लिग-२ : आज ओमानसँग भिड्दै नेपाल, घरेलु मैदानमा बदला लिने अवसर

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको

बिपी राजमार्गमा आवागमन बन्द

काभ्रेपलाञ्चोक – वर्षाका कारण बिपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८३ साल वैशाख २२ गते मंगलबार। जेठ

आज २०८३ साल वैशाख २२ गते मंगलबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख २२ गते मंगलबार। जेठ