संसद् स्थगनबारे सत्तापक्ष र प्रतिपक्ष आरोप प्रत्यारोपमा « Khabarhub

संसद् स्थगनबारे सत्तापक्ष र प्रतिपक्ष आरोप प्रत्यारोपमा


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद प्रतिनिधिसभाको बैठक स्थगितको विषयलाई लिएर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच आरोप प्रत्यारोप शुरु भएको छ ।

सत्तारुढ दल नेकपाले प्रतिनिधिमुलक संस्था संसदलाई बद्नाम गर्ने र अलोकप्रियता श्रृजना गरि सिंगो व्यवस्थामाथि नै गम्भीर प्रश्न खडा गर्ने काम प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको दाबी गरेको छ । यता कांग्रेसले मुलुक नै विपत्तिमा परेका बेला बाढी र डुबान बारे छलफल गरौं भन्दै आफुहरुले राखेको बैठक स्थगनको प्रस्तावलाई सत्तारुढ दलले सदनमा प्रवेश गर्न नदिएको आरोप लगाएको छ ।

सोमबार अपरान्ह १ बजेका लागि बोलाईएको बैठक सूचना टाँसेर स्थगित भएपछि संघीय संसद भवन नयाँ वानेश्वरमा प्रतिक्रिया दिदै नेकपाका सांसद योगेश भट्टराईले संसदको अलोकप्रियता श्रृजना गरि व्यवस्था माथि नै गम्भीर प्रश्न खडा गर्ने गल्ती कांग्रेसले गरेको दाबी गरे । उनले बाढी र डुबानको विपतमा मुलुक परिरहेका बेला सरकारलाई आवश्यक निर्देशन र ध्यानाकर्षण गराउनुको सट्टा कांग्रेसले संसद बन्द गरेर जनताको ध्यान संसदभन्दा अन्यत्र मोड्न खोजेको टिप्पणी गरे ।

उनले भने “संसदमा छलफल गरेर सरकारलाई उद्धार , राहत, डुबान खोल्न भारतसँग पहल कदमी गर्नका निम्ति ध्यानाकर्षण गराउनुपर्ने जस्तो बेला संसद बन्द गरेर जनताको ध्यान संसद भन्दा अन्यत्र मोड्ने काम भएको छ । प्रतिनिधिमुलक संस्थालाई बद्नाम गर्ने, त्यसलाई चल्न नदिने, संसदको अलोकप्रियता श्रृजना गर्ने र व्यवस्था माथि नै गम्भीर प्रश्न खडा गर्ने जस्ता गल्ती भएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत त्यही व्यवहारलाई आज पनि निरन्तरता दिएको छ ।”

प्रतिपक्षी दल नेपाली कांग्रेसले भने संसदीय छानविन समिति गठनको माग गर्दे जारी राखिएको संसद अवरोध खोलेर बाढी र डुबानका विषयमा छलफल गरौ भनी राखेको स्थगनको प्रस्तावलाई सत्तारुढ दलले संसदमा प्रवेश गर्न नदिएको आरोप लगाएको छ । प्रमुख सचेतक बालकृष्ण खाँडले बाढी पहिरोको विषयमा सदनमा छलफल गर्न सभामुख सैद्धान्तिक रुपमा तयार भए पनि सत्तापक्ष तयार नभएकाले बैठक अवरुद्ध भएको दाबी गरे । उनले सत्तापक्ष मुलुकको विषम परिस्थितिप्रति गम्भीर र उत्तरदायी नभएको टिप्पणी गरे ।

उनले भने “सत्तापक्ष गम्भीर छैन । जनताप्रति उत्तरदायी छैन । जनताका समस्यालाई गम्भीरतापूर्वक सम्बोधन गर्न चाहदैन । र मुलुकका कुनै पनि समस्यालाई सम्बोधन गर्ने क्रममा सबै राजनीतिक शत्तिःहरु र मुलुकका शक्तिहरु एकढिक्का भएर अगाडि बढोस् भन्ने चाहदैनन् । सत्तापक्षी एक्लै हिड्न चाहन्छ ।”

नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले भने प्रतिपक्षी दलको स्थगन प्रस्ताव र बैठक स्थगित हुनुको कारण बारे आफुलाई जानकारी नभएको बताए । राजपाका सांसद लक्ष्मणलाल कर्णले स्थगन प्रस्ताव दर्ता गरेर बैठकका लागि आउदै गर्दा बैठक स्थगित भएको बताए । कांग्रेसको प्रस्तावमा सत्तारुढ दलको असहमति भएपछि सचिवालयले बाढी र डुबानको कारण देखाउँदै सोमबारको बैठक सूचना टाँसेर साउन ८ गते सम्मका लागि स्थगित भएको जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ७ : ०५ बजे

मुस्लिम समुदायबारेको टिप्पणीले विवादमा प्रधानमन्त्री, सामाजिक सञ्जालमा गालीको ओइरो

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आर्यन समुदायमा भन्दा मुस्लिम समुदायमा महिलामाथि

गण्डकीमा घरबास : स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र संस्कृतिको जगेर्ना गर्दै

गण्डकी– मुलुकभित्र पहिलोपटक घरबास (होमस्टे) पर्यटनको सुरुआत भएको गण्डकी प्रदेशअन्तर्गतको

जकार्तामा कुकुर, बिरालो र चमेरोको मासु बेच्न प्रतिबन्ध

एजेन्सी– इन्डोनेसियाको राजधानी जकार्तामा रेबिज सङ्क्रमण नियन्त्रणका लागि कुकुर, बिरालो

हुम्लामा निःशुल्क आँखा शिविर : अपाङ्गता र ज्येष्ठ नागरिक लाभान्वित

सिमकोट– हुम्ला सदरमुकाम सिमकोटमा सञ्चालित निःशुल्क आँखा शिविरमा ६१२ सेवाग्राही

कांग्रेसका महाधिवेशन प्रतिनिधिहरू राष्ट्रिय सभागृहमा भेला (तस्बिरहरू) 

काठमाडौं– नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गरेका महाधिवेशन प्रतिनिधिहरू आज