बाढी प्रभावित क्षेत्रमा सर्पदंशको त्रास « Khabarhub

बाढी प्रभावित क्षेत्रमा सर्पदंशको त्रास


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  सप्तरीको बाढी प्रभावित क्षेत्रमा सर्पदंशको घटना बढेको छ । सोमबार सर्पले डसेका चार तथा बिच्छीले टोकेका एक जना अस्पताल भर्ना भएका छन् ।

सर्पले डसेर सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ का रामकिसुन सदा, मन्सापुरकी सिमादेवी मण्डल, महादेवा गाउँपालिका–१ बल्थीकी मजिदन खातुन र राजविराज–१२ का रामकुमार यादव तथा बिच्छीले टोकेर रुपनी–२ की चन्द्रकला चौधरी गजेन्द्रनारायणसिंह अस्पताल भर्ना भएका हुन् ।

अस्पतालका अहब सन्तोष मेहताका अनुसार पाँच दिनयता सर्पदंशका २८ बिरामी उपचारका लागि आएका छन् । अन्य अस्पताल तथा निजी क्लिनिकमासमेत सर्पदंशका बिरामी उपचार गराउँदै आएका छन् । “सर्पदंशको घटना ह्वात्तै बढेको छ”, अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दासले भने ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ८ : २८ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग