बन्दी फरार भएपछि प्रहरी निलम्बित « Khabarhub

बन्दी फरार भएपछि प्रहरी निलम्बित


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाँके खजुरास्थित इलाका प्रहरी कार्यालय धनौलीको हिरासतबाट तीन बन्दी नाटकीय रुपमा फरार भएपछि प्रहरी जवान शम्शेर थापामगरलाई निलम्बन गरिएको छ ।

घटनाका समयमा थापामगर हिरासतको सुरक्षामा खटिएका थिए । शनिबार मध्यरातमा शौचालयको झ्याल फोडेर सार्वजनिक सुरक्षा अपराधअन्तर्गत पक्राउ परेका खजुरा–३ का निर्मल थापा र उज्वल कार्की तथा लागुऔषधसहित पक्राउ परेका स्थानीय सिमन विक छन् । उनीहरु ११ फिट अग्लो हिरासतमा रहेको फलामे झ्याल फोडेर भागेका थिए ।

दुई दिनअघि मात्र पक्राउ परेका विकसँग प्रहरीले लागुऔषध ब्राउनसुगर बरामद गरेकाले आइतबार म्याद थप गराएर थप अनुसन्धान गर्ने प्रक्रियामा थियो भने यही असार २३ गते पक्राउ परेका थापा र कार्कीको पाँच दिनका लागि म्याद थप गरिएको थियो ।

भाग्ने तीनै जना २० वर्ष भन्दा कम उमेरका रहेका प्रहरीले जनाएको छ । हिरासतमा रहेका पाँचमध्ये एकजना बिरामी भएपछि अस्पताल पुर्‍याइएको थियो भने गम्भीर अपराधका अर्का एकजना हिरासतमै सुतिरहेका थिए ।

इप्रका धनौलीमा प्रमुखका रुपमा रहेका प्रहरी निरीक्षक मख्खनप्रसाद यादव शनिबारदेखि बिदामा थिए । निमित्त इञ्चार्जको जिम्मेवारी लिएका प्रहरी नायब निरीक्षक चक्रबहादुर खत्रीले घटनाबारे केही बताउन चाहेनन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर वलीले घटनाको पुष्टि गर्दै हिरासतको सुरक्षामा खटिएका जवानलाई निलम्बन गर्दै थप अनुसन्धान अघि बढाइएको बताए । उनीहरुलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ ।’उनीहरुलाई छिट्टै पक्राउ गरिनेछ’, प्रहरी उपरीक्षक वलीले भने ‘सम्बद्ध सबैतिर प्रहरी परिचालन गरिसकिएको छ ।’

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ८ : ५२ बजे

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो