बाढी पहिरोका कारण प्रदेश १ मा मात्रै ८२ करोडको क्षति « Khabarhub

बाढी पहिरोका कारण प्रदेश १ मा मात्रै ८२ करोडको क्षति


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारी वर्षापछि आएको बाढी र पहिरोको कारण प्रदेश नम्बर १ का विभिन्न जिल्लामा झण्डै ८२ करोड रुपैयाँ बराबरको खाद्यान्न तथा पशुजन्य वस्तुको क्षति भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश नम्बर १ का सोलुखुम्बु र इलामबाहेक अन्य १२ वटा जिल्लामा पशुपंक्षी तथा कृषिजन्य बस्तुमा ८२ करोड रुपैयाँ बराबरको क्षति पुगेको मन्त्रालयले जनाएको हो । कुखुरा, बंगुर, गाई लगायतका पशुपंक्षी क्षति हुँदा २४ लाख ८० हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ । मन्त्रालयका अनुसार बाढी पहिरोका कारण धान, मकै, अलैंचीलगायतका खाद्यान्नमा ८१ करोड ५४ लाख ७२ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

मन्त्रालयका अनुसार अन्य प्रदेशहरुमा भएको क्षतिको विवरण संकलन भइरहेको छ । मन्त्रालयले दिएको जानकारीअनुसार कर्णाली र सुदुरपश्चिम प्रदेशमा बाढी पहिरोका कारण कृषिजन्य बस्तुमा कुनै पनि क्षति भएको छैन ।

सबै प्रदेशमा भएको क्षतिको विवरण आएपछि राहतको काम शुरु गर्ने तयारी मन्त्रालयले गरेको छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  १० : १० बजे

कागेश्वरी मनोहराका वडाध्यक्ष थापाको निधन

काठमाडौं– कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको

कमैयाबाट उद्यमीसम्मको केशव डगौराको सङ्घर्षमय यात्रा

कञ्चनपुर– बीस वर्षअघि कमैया मुक्तिको घोषणा हुँदा शुक्लाफाँटा नगरपालिका–१० झलारीका

एनपीएल बलिङमा सर्वाधिक १२ विकेट लिने यी हुन् चार नेपाली खेलाडी

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा ३२ मध्ये २५ खेल

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं– हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल

भूजीखोलाका बाढीपीडित अझै राहतकै पर्खाइमा

ढोरपाटन– भूजीखोलाका तिरैतिर छरिएको बस्ती थियो । भर्खरभर्खर सडकले जोडिएको