प्रधानमन्त्री ओलीको सम्बोधनदेखि समकक्षी मोदीसँगको फोन वार्तासम्म « Khabarhub

प्रधानमन्त्री ओलीको सम्बोधनदेखि समकक्षी मोदीसँगको फोन वार्तासम्म


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘राष्ट्रिय सीमा सुरक्षामा सशस्त्र प्रहरी, भीआईपीको सुरक्षामा सेना’ शीर्षकमा आजको नयाँ पत्रिकाले मुख्य समाचार छापेको छ । तर, जनसंख्याको अनुपातमा चीनमा भन्दा दोब्बर र भारतमा भन्दा तेब्बर सेना नेपालमा रहेको उल्लेख गरेको छ ।

नेपाल भन्दा निकै ठूलो भूगोल भएका क्यानडा, अर्जेन्टिनाजस्ता मुलुकमा सेनाको संख्या यहाँ भन्दा निकै कम छ । शान्ति मिसनदेखि व्यापार र घरेलु कामदारसम्म ४१ हजार सैनिक खटिएका छन, ५५ हजार निष्क्रिय रहेको उल्लेख गरेको छ ।

त्यस्तै कास्मिरमा आतंकवादी आक्रमण, ४० भारतीय सुरक्षाकर्मीको मारिएको खबरलाई पनि पत्रिकाले पहिलो पृष्ठमा छापेको छ । आतंकवादी हमलाको भत्र्सना गर्दै प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई फोन गरेर मृतक सुरक्षाकर्मीलाई श्रद्धाञ्जली र घाइतेको स्वास्थ्य लाभको कामना गरेका छन् ।

त्यस्तै भ्रष्टाचारमा मुछिएका अख्तियार आयुक्त राजनारायण पाठकलाई महाअभियोग लगाउने तयारी शीर्षको अर्को समाचार छापिएको छ भने एक वर्षमा समृद्धिको आधार खडा भयो भन्ने शीर्षकमा देशवासीका नाममा प्रधानमन्त्रीले गरेको सम्बोधनको समाचार छ ।

सरकार गठन भएको एक वष पुगेको अवसरमा विहीबार सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्दै ओलीले अहिलेसम्म गरेका कामले आर्थिक समृद्धिको यात्रको आधार खडा गरेको बताएका थिए ।

त्यस्तै पत्रिकाले ओली सरकारको एक वर्ष शीर्षक दिएर सम्पादकीय समेत लेखेको छ । प्रधानमन्त्रीको एकवर्षे कार्यकाल भुलभुलैया र अलमलमा परेको यात्रुको जस्तो देखिएको छ । आशा गरौं आगामी वर्ष प्रधानमन्त्रीको कार्यशैली फेरिनेछ र देशले आशातीन उन्नति हासिल गर्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, विद्यार्थी चुनावका विषयमा पत्रिकाले ‘टर्दै स्ववियु निर्वाचन, चुनाव गराउन दलका नेता नै छैनन् सकारात्मक’ शीर्षकमा तेस्रो पृष्ठमा समाचार छापेको छ । परीक्षा प्रभावित हुने, वातावरण नमिलेको र विद्यार्थी संगठन पनि आन्तरिक समस्यामा रहेको भन्ने विभिन्न नेताहरुका तर्कलाई समेट्दै चुनाव नहुने आसयको समाचार छापेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ६ : १४ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।

ला लिगा : शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाउँदै रियल

काठमाडौं – स्पेनिस ला लिगा तालिकाको पहिलो स्थानको बार्सिलोनासँग दोस्रो

मुस्ताङका दुई सरकारी कार्यालय ‘मर्ज’

मुस्ताङ – पर्यटन तथा उद्योग कार्यालय र सामाजिक विकास कार्यालय

बेटिसको पोस्टमा रियलले गर्‍यो पाँच गोल : गोन्जालोकोे ह्याट्रिक

काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गत आइतबारको खेलमा रियल मड्रिडले शानदार

पदयात्रा पथप्रदर्शकलाई तीन दिने चरा पहिचान तालिम

गण्डकी– नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा पन्छी