भूकम्पले अत्यायो ताप्लेजुङवासीलाई « Khabarhub

भूकम्पले अत्यायो ताप्लेजुङवासीलाई


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर ४.६ म्याग्नेच्यूटको भूकम्प गएको छ । बिहीबार साँझ ५ बजेर ११ मिनेट जाँदा ताप्लेजुङको कञ्चनजंघा संरक्षण क्षेत्रको आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

उनले यो भूकम्प २०७२ साल वैशाख १२ गते गोरखा केन्द्रविन्दु भएर गएको शक्तिशाली भूकम्प नभई नयाँ भूकम्प भएको बताए ।

ताप्लेजुङका स्थानीयबासीले पनि भूकम्पको महशुस गरेको र केहीबेर भूकम्पले अत्याएको उनीहरुले बताए ।

गोरखा भूकम्पछि निरन्तर परकम्प गइरहेका छन् । सानातिना भूकम्प पनि आइरहेका छन् । पछिल्लो समय परकम्प पातलिँदै गएको छ ।

यसअघि गत माघ ८ गते काठमाडौँको थापाथली केन्द्रबिन्दु भई ३.३ रिक्टरको परकम्प गएको थियो । विसं २०७२ वैशाख १२ को ७.६ म्याग्नेच्यूटको गोरखा भूकम्पपछि हालसम्म ४ म्याग्नेच्यूट भन्दा ठूला ५ सय १० परकम्प गइसएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ७ : २५ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ