भूकम्पले अत्यायो ताप्लेजुङवासीलाई | Khabarhub Khabarhub

भूकम्पले अत्यायो ताप्लेजुङवासीलाई


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर ४.६ म्याग्नेच्यूटको भूकम्प गएको छ । बिहीबार साँझ ५ बजेर ११ मिनेट जाँदा ताप्लेजुङको कञ्चनजंघा संरक्षण क्षेत्रको आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

उनले यो भूकम्प २०७२ साल वैशाख १२ गते गोरखा केन्द्रविन्दु भएर गएको शक्तिशाली भूकम्प नभई नयाँ भूकम्प भएको बताए ।

ताप्लेजुङका स्थानीयबासीले पनि भूकम्पको महशुस गरेको र केहीबेर भूकम्पले अत्याएको उनीहरुले बताए ।

गोरखा भूकम्पछि निरन्तर परकम्प गइरहेका छन् । सानातिना भूकम्प पनि आइरहेका छन् । पछिल्लो समय परकम्प पातलिँदै गएको छ ।

यसअघि गत माघ ८ गते काठमाडौँको थापाथली केन्द्रबिन्दु भई ३.३ रिक्टरको परकम्प गएको थियो । विसं २०७२ वैशाख १२ को ७.६ म्याग्नेच्यूटको गोरखा भूकम्पपछि हालसम्म ४ म्याग्नेच्यूट भन्दा ठूला ५ सय १० परकम्प गइसएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ७ : २५ बजे

युद्धविराम प्रस्ताव नमाने गाजालाई धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर